आज साउनको पहिलो सोमबार, पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। हिन्दु धर्मावलम्बीले साउन महिना र सोमबारलाई भगवान् शिवको विशेष महिनाकाे रूपमा मान्दै आएका छन्। यस दिन शिवजीको पूजा, आराधना र दर्शन गर्दा मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ। यही विश्वासले गर्दा पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरहरूमा भक्तजनहरूको भीड लागेको हो।
शास्त्रीय मान्यताअनुसार, साउनको सोमबार शिवलाई शुद्ध जल अर्पण गर्दा मनाेकामना पूरा हुने विश्वास छ। व्रत सुरु गर्नेहरुले पनि साउने सोमबारको व्रत प्रारम्भ गर्छन्। साउनको सोमबार व्रत बस्नाले मनको इच्छा पूरा हुनुका साथै अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ।


































Discussion about this post