काठमाडौं– काठमाडौं महानगरपालिकाले आज (आइतबार) आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउने भएको छ । गत शुक्रबार बसेको कार्यपालिका बैठकको निर्णयअनुसार आइतबार बजेट ल्याउन लागिएको हो ।
बजेट प्रयोजनका लागि दिउँसो २ बजे नगरसभा बैठक बोलाइएको छ । नगरसभा अघि बिहान ११ बजे कार्यपालिका बैठक बस्नेछ ।शुक्रबार महानगर प्रमुख बालेन्द्र साहको अध्यक्षातामा बसेको कार्यपालिका बैठक एक मिनेटमै सकिएको थियो ।
आज (आइतबार)का लागि कार्यपालिका बैठकको घोषणा गर्दै महानगर प्रमुख साह बैठक कक्षबाट बाहिरिएका थिए ।राजश्व परामर्श समितिको बैठकले आर्थिक वर्ष २०८२–०८३ का लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ ।

































Discussion about this post