भरतपुर-चितवनको भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले नियमभन्दा धेरै सवारी ईन्धन प्रयोग गरेको भेटिएको छ । महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा निमसम्मत भन्दा धेरै ईन्धन प्रयोग गरेको उल्लेख छ । स्थानियतहका पदाधकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न वनेको ऐन २०७६ को दफा ३ को अनुसुचि १ क (ख) अनुसार नगर प्रमुख र उपप्रमुखले मासिक १५०।१५० लटर ईन्धन सुविधा पाउने उल्लेख गरिएको छ ।
तर उपप्रमुख चित्रशेन अधिकारीले भने बार्षिक १८ सय लिटर प्रयोग गर्नुपर्नेमा ५ हजार ६ सय १० लिटर प्रयोग गरेको देखाएको छ । उपप्रमुखले प्रयोग गर्ने सवारी ना १ झ १६२८ ले यो बाहेक पनि ईन्धन लाने गरेको भेटिएको हो । उपप्रमुखले पाउने सुबिधा भन्दा धेरै ३ हजार ८ सय १० लिटर बढि प्रयोग गरेको प्रतिवेदनमा छ ।
यसरी उनले प्रयोग गरेको ईन्धनको अनुसार ६ लाँख ६६ हजार ७५० भन्दा धेरै खर्च भएको देखिन्छ । यता नगरप्रमुख रेनु दाहालले भने बार्षिक १ हजार ८ सय लिटर पाउनेमा जम्मा १ हजार ६ सय ५८ लिटर मात्रै प्रयोग गरेको प्रतिवेदनमा जनाईएको छ । नगर उपप्रमुख चित्रशेन अधिकारीले १ बर्षमा २ सय ६५ वटा योजना अनुगमन भएको खर्च भुक्तानीको अभिलेखमा देखिएको र अन्य प्रयोजन नखुलेका अन्य जिल्लाहरुमा भ्रमण गरेको भन्दै दुरुपयोग भएको देखाएको छ ।
Discussion about this post