Nirvik Khabar

चितवनमा ApplyBoard को ‘No Collateral, No Cosigner’ International Education Loan सेवा प्रचार कार्यक्रम सम्पन्न

विदेशमा उच्च शिक्षा अध्ययन गर्ने सपना बोकेका नेपाली विद्यार्थीहरूका लागि खुसीको खबर छ। अब अन्तर्राष्ट्रिय शिक्षा हासिल गर्न बैंक ग्यारेन्टर, धितो (Collateral) वा Proof of Fund आवश्यक नपर्ने गरी ApplyBoard ले ‘No Collateral, No Cosigner’ शिक्षा ऋण सेवा नेपालमा सुरु गरेको छ। क्यानाडास्थित विश्वप्रसिद्ध शैक्षिक प्रविधि कम्पनी ApplyBoard ले यो लोन सेवा सुरु गरेको हो, जसले विद्यार्थीलाई ट्युसन फी मात्र नभई आवास, यातायात, जीवनयापन खर्च लगायत अन्य शैक्षिक सम्बन्धित लागतहरू समेत समेट्ने सुविधा दिन्छ। कम्पनीको उद्देश्य आर्थिक कारणले विदेशमा पढ्न नसकेका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्राप्तिको अवसर उपलब्ध गराउनु हो।

चितवनमा प्रतिनिधि प्रफुल्ल पराजुलीको संस्थागत भ्रमण
नेपालमा ApplyBoard को लोन सेवा प्रवर्द्धन तथा जानकारी विस्तार गर्न Loan Representative प्रफुल्ल पराजुलीले २०८२ असार २५ र २६ गते (June 8 र 9, 2025) मा चितवन जिल्लामा विभिन्न Recruitment Partner (RP) संस्थाहरूको भ्रमण गर्नुभयो। उहाँले चितवनमा निम्न संस्थाहरूमा लोन सेवा सम्बन्धी प्रस्तुति तथा छलफल गर्नुभयो:

  • Central College of Vocational Training
  • AIMS Education
  • Right and Associates
  • Istudy Global Consultants
  • Eduland Education Consultancy
  • Educare Education
  • ACT Education
  • Uniglobal Intl Educational Foundation
  • Oxford Academia

यी संस्थाहरूमा भएको भ्रमणको उद्देश्य लोन सेवाको बारेमा संस्था, परामर्शदाता र विद्यार्थीहरूलाई प्रत्यक्ष जानकारी गराउनु थियो। Parajuli ले प्रतिनिधित्व गर्दै ApplyBoard को सुविधा र प्रक्रिया सरल बनाइएको जानकारी दिनुभयो। उहाँले संस्थाका प्रमुख प्रतिनिधिहरूसँग छलफल गरी विद्यार्थीहरूमाझ यो सेवा पुर्‍याउन आवश्यक परामर्श समेत गर्नुभयो।

ApplyBoard को संक्षिप्त परिचय

ApplyBoard सन् २०१५ मा क्यानाडाको वाटरलू शहरमा स्थापना भएको एक अग्रणी EdTech कम्पनी हो। यसले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई क्यानाडा, अमेरिका, बेलायत, अस्ट्रेलिया लगायतका देशका 1,500 भन्दा बढी शैक्षिक संस्थाहरूमा आवेदन गर्न सहज बनाउने प्लेटफर्मको रूपमा काम गर्दै आएको छ। सन् २०२१ मा ApplyBoard को बजार मूल्यांकन (valuation) करीब USD 3.2 billion (CAD 4 billion) पुगेको थियो। विश्वभर लाखौं विद्यार्थीहरूले यसमार्फत आफ्नो शिक्षाको यात्रा सुरु गरिसकेका छन्। अहिले ApplyBoard ले आफ्नो पहुँच विस्तार गर्दै नेपालमा पनि प्रत्यक्ष रूपमा Loan सेवा सुरु गरेको छ।

Loan सेवाको प्रमुख विशेषताहरू

ApplyBoard को ‘No Collateral, No Cosigner’ Loan सेवा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि अत्यन्त उपयोगी छ। यस Loan सेवाका मुख्य विशेषताहरू यसप्रकार छन्:

➲ Collateral (धितो) आवश्यक छैन
➲ Cosigner (सह-ग्यारेन्टर) आवश्यक छैन
➲ Bank Statement वा Proof of Fund नचाहिने
➲ 9.5% देखि 13.99% सम्मको प्रतिस्पर्धात्मक ब्याजदर
➲ 2.5 वर्षसम्मको No EMI grace period
➲ पूर्वभुक्तानीमा कुनै penalty छैन
➲ Processing समय छोटो, कागजी प्रक्रिया सरल

ApplyBoard ले यस सेवा अन्तर्गत विद्यार्थीहरूलाई केवल Letter of Acceptance (LoA) को आधारमा Loan को प्रक्रिया अघि बढाउने व्यवस्था मिलाएको छ। यसले गर्दा धेरै नेपाली विद्यार्थीहरूको लागि विदेश अध्ययन गर्न सहज हुनेछ।

सम्पर्क जानकारी
चितवन जिल्लामा यो Loan सेवाको जानकारी तथा समन्वयको प्रमुख प्रतिनिधि Prafulla Parajuli हुनुहुन्छ। कुनै पनि शिक्षा परामर्श संस्था, विद्यार्थी तथा अभिभावकहरूले Loan प्रक्रिया तथा जानकारीका लागि +977 9841961648 मा उहाँसँग सिधा सम्पर्क गर्न सक्नुहुन्छ वा prafulla.parajuli@applyboard.com मा मेल गर्न सक्नु हुने छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस