Nirvik Khabar

व्यवसायीको आन्दोलन फिर्ता भएसँगै सार्वजनिक सवारी निरन्तर [फोटोफिचर]

काठमाडौँ । यातायात व्यवसायीले आफ्ना सबै आन्दोलन फिर्ता लिएसँगै सार्वजनिक यातायात चलेका छन् । गण्डकी प्रदेश सरकारले एक महिनाका लागि राइड शेयरिङ नियमावली स्थगन गर्ने निर्णय गरेसँगै व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् ।

आन्दोलन स्थगनसँगै सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन् । सोमबार नै सरकार र यातायात व्यवसायीबीच मध्यरातमा सहमति भएको थियो । सहमति भए पनि मंगलबार सार्वजनिक यातायात नचल्दा सर्वसाधारणले सास्ती खेप्नु परेको थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले आन्दोलनका कार्यक्रम स्थगित भएको जानकारी दिए । मंगलबार राति आन्दोलनका कार्यक्रम फिर्ता लिएसँगै सार्वजनिक यातायात सहज रूपमा चलेका छन् । सोमबार गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका उच्च पदस्थ अधिकारी र यातायात व्यवसायीबीच पटक–पटक वार्ता पश्चात् सहमति भएको थियो ।

सहमतिलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत गण्डकी प्रदेश सरकार समक्ष पठाइएको थियो । सोही सहमतिका आधारमा गण्डकी सरकारले नियमावली स्थगन गरेको हो ।  सङ्घीय सरकारसँग सहमति भए पनि प्रदेश सरकारले नियमावली स्थगन नगर्दासम्म आन्दोलन जारी रहने भन्दै व्यवसायीले मंगलबार दिनभर सवारी साधन नचलाउँदा त्यसको मारमा आम नागरिक परेका थिए ।

public-vehicle-82-2-21 (14).jpg
public-vehicle-82-2-21 (13).jpg
public-vehicle-82-2-21 (12).jpg
public-vehicle-82-2-21 (11).jpg
public-vehicle-82-2-21 (10).jpg
public-vehicle-82-2-21 (9).jpg
public-vehicle-82-2-21 (8).jpg
public-vehicle-82-2-21 (7).jpg
public-vehicle-82-2-21 (6).jpg
public-vehicle-82-2-21 (5).jpg
public-vehicle-82-2-21 (4).jpg
public-vehicle-82-2-21 (3).jpg
public-vehicle-82-2-21 (2).jpg
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस