Skip to main content

Nirvik Khabar

नेपाल को सनातन हिन्दु आन्दोलन र काङ्ग्रेस

Advertisements
Single Page Long - 2

श्याम पौडेल

नेपालका हालसम्म भएका क्रान्तिहरूको नेतृत्व गरेको पुरानो पार्टी हो नेपाली कांग्रेस । व्यवस्था परिवर्तनका लागि गरिएको धेरै आन्दोलनहरूको नेतृत्व कांग्रेस र कांग्रेसका नेताहरूले गरेका छन्। दुई धारका पार्टीहरू संसदीय व्यवस्था विरोधी कम्युनिस्ट पार्टी र संसदीय व्यवस्थाको पक्षधर कांग्रेसबीच विगतदेखि नै गज्जबको सम्बन्ध रहनु आफैमा अचम्म छ । प्रजातन्त्रमा विश्वास राख्ने मात्र होइन वैदिक सनातन धर्ममा आस्था राख्ने ठूलो जमातले धर्म संस्कृति र परम्पराप्रति लचिलो र जिम्मेवार पार्टी भनेर नै काङ्ग्रेस पार्टिलाइ आफ्नो रोजाईमा राखेका हुन ।

उग्र क्रान्तिकारी सोच भएका कम्युनिष्टहरूभन्दा कांग्रेस बैदिक परम्परा धर्म र सनातन संस्कृतिप्रति नरम र जिम्मेवार छ भन्ने हालसम्म पनि कांग्रेसी जन र आम जनताको बुझाई छ। त्यसो त कांग्रेसको चार तारा भएको झण्डा मध्ये को एक तारा धार्मिक स्वतन्त्रताको प्रतिकको रुपमा लिइन्छ यही मान्यतालाई गलत अर्थ लगाउँदै केही कांग्रेस नेताहरुले धर्म निरपेक्षताको प्रतीक भन्न पनि भ्याउँछन्। काङ्रेस प्रती सनातनी हिन्दूहरूको भावना जोडिएको पाइन्छ। एकाथरीको भनाइ त कांग्रेस टुप्पी टोपी धोती र संस्कृतिको संरक्षण गर्ने पार्टी हो तर जनताको भरोषा तोड्दै अन्य क्रान्तिहरूको नेतृत्व गरे जस्तै जबरजस्ती धर्म निरपेक्षता लाद्ने पार्टी पनि कांग्रेस नै बन्न पुग्यो ।

२०६२/ ६३ को व्यवस्था परिवर्तनको आन्दोलनपछि हिंसाको बाटो त्यागेर शान्तिपूर्ण राजनीतिमा आएको माओवादी पार्टी दुई ठुला पुराना दलहरु काङ्ग्रेस र एमाले लाई आफ्नो प्रभावमा राख्न सफल भयो। लुरुलुरु माओवादी एजेन्डामा पछि लागेका दुई पार्टी जनमत संग्रह बिनानै कतिपय दीर्घकालीन असर पार्ने विषय र मुद्दामा जनअधिकार र भावनालाई वेवास्था गर्दै धर्म निरपेक्षताको पक्षमा लागे र नेपाल देशलाई धर्म निरपेक्ष राष्ट्र बनाए । त्यतिबेलाबाटै कांग्रेसमा सनातन हिन्दु राष्ट्र पक्षधर समूह आफ्नो फरक विचार राख्दै पार्टीभित्र वैचारिक अन्तरसघर्ष गर्दै आयको छ । पार्टीमा ठुलै तप्का असन्तुष्ट बन्यो तर पार्टी नेतृत्व टसमस भएन पार्टीको जनाधार भन्दा पनि नेतृत्वलाई बाहय शक्तिले दबाब र प्रभावमा राख्न सक्यो । हरेक पार्टीभित्र माओवादी अध्यक्षको प्रभाव बढ्यो फल त सम्झौताको दस्तावेजका रुपमा देश संविधानत नेपाल धर्म निरपेक्ष राष्ट्र बन्यो । धार्मिक समाज र विशेषत वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू पहिचानविहीन बने । देशविहीन बने । देश धर्मविहीन बन्यो।

यो उपलब्धिलाई माओवादीले आफ्नो ठूलो उपलब्धिका रुपमा लियो। त्यसो त मन्दिरहरू भत्काई पुजारीहरूको हत्या गरी संस्कृत शिक्षा र नैतिक शिक्षालाई प्रधान शत्रु मानेको माओवादी पार्टी धर्म निरपेक्षता लाद्न सफल हुनु उसको ठूलो जित पनि हो। त्यही बेलाबाट अक्सर सनातनीहरूको मर्ममाथि प्रहार भएको भन्दै ठूलो तप्का नेपाली कांग्रेसको राजनीतिबाट बाहिरिए। खुमबहादुर खड्का जस्ता नेताहरु पार्टीभित्र वैचारिक अन्तरसंघर्ष गर्दै रहिरहे । गिरिजाप्रसाद कोइराला सुशील कोइरालाहरु धर्मनिरपेक्षताबारे आफ्नो अनविज्ञता जनाए त्यही समयबाट कांग्रेसभित्र एउटा समूह बलियो सिद्धान्त स्थापित गर्न सङ्घर्षशील रहिरह्यो। जुन समूह अहिले पार्टीभित्र सनातन हिन्दु राष्ट्र स्थापनाका लागि बलियो बन्दै गइरहेको छ।

राष्ट्रको हरेक संकटमा नेपाली जनताले कांग्रेस के बोल्छ भन्ने आशालाई तुसरापात गर्न सफल भएका कृष्ण सिटौला साच्चिकै ८१% हिन्दुहरूका प्रधान शत्रुका रुपमा आफूलाई उभ्याइरहे जनताबाट पटकपटक पराजित गरिएका सिटौला गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको विश्वासलाई धोका दिँदै युरोपिय र अमेरिकनहरूको वफादार कारिन्दा बन्दै धर्मनिरपेक्षताको एजेन्ट बन्नु कांग्रेसीहरुका लागि आत्माघाती बन्न पुग्यो । आफूलाई शान्ति सम्झौताको सूत्रधार सम्झने सिटौला खै कहाँबाट परिचालित भए आफ्नै पार्टीका सभापति एवं प्रधानमन्त्रीको विश्वासलाई हतियार बनाएर धर्म निरपेक्षता लाद्न सफल भए। मनोनित महामन्त्रीसम्म बनेका सिटौला संविधानसभा र कांग्रेस पार्टी भित्र इसाईका एजेन्ट बन्न पुगे सनातन हिन्दु राष्ट्रको पक्षधर कांग्रेसीहरु अहिले पनि पार्टीभित्रै संघर्ष गरिरहेका छन् । बेलैमा अब कांग्रेसले हिन्दुत्वको मुद्दालाई सम्बोधन गरी हिन्दू राष्ट्रको एजेन्डा नबोके पार्टी कार्यकर्ता र जनताबाट लखेटिने निश्चित प्राय छ।

असन्तुलित बन्दै गएको देशको सामाजिक तथा राजनीतिक क्षेत्र समयमै पुरानो इतिहास बोकेको कांग्रेस जस्तो पार्टीले नसम्हाल्ने हो भने पार्टीलाई मात्र होइन सिंगो राष्ट्रलाई नै संकट पर्ने देखिन्छ । विगत केही दिनदेखि क्रियाशील नवीकरणको अभियानमा रहेको पार्टी आफ्नै क्रियाशील सदस्यको ५०% नवीकरण गर्न सम्म नसक्ने अवस्थामा पुगेको छ।

विशेष महासमिति बैठक वा सम्मेलन गरेर सनातन हिन्दु राष्ट्रको मुद्दालाई समयमै सम्बोधन गर्न नसके देश र कांग्रेसको अस्तित्व संकटमा पर्ने देखिन्छ , सनातन हिन्दु राष्ट्रका लागि पार्टी सभापतिहरू जति लचक र नरम छन् महामन्त्रीहरू विगतदेखि नै बढी कठोर भएको देखिन्छ। विगतमा सिटौलाले नेपाली सनातनीहरुलाई दिएको धोका अहिलेका महामन्त्रीहरुबाट पनि निरन्तरता दिइरहेका छन् । अमेरिकी एनजिओको सहयोगमा टेलिभिजन कार्यक्रम सञ्चालनमा ल्याएका विश्व प्रकाश शर्मा सनातन संस्कृति र समाजका मर्महरू माथि प्रहार गर्न निरन्तर लागेको देखिन्छ निधारमा रातो टिका र फुल राखेर आफू सनातनी भएको प्रतिबिम्ब देखाउने गगन थापा पनि सनातन हिन्दू राष्ट्रको पक्षमा देखिँदैनन्।

नेपाली जनताले सनातनी क्रान्ति वा आन्दोलनपूर्व एकपटक कांग्रेसको भूमिका र साथ खोजेको देखिन्छ ९४% ॐकार परिवारको आस्था विश्वास र मर्मलाई सम्बोधन गरेर राष्ट्र धर्म र कर्तव्यमा कांग्रेसले इमान्दारिता देखाउन सकेन भने भोलि आउने सनातनी क्रान्तिको आँधीबेहरीले यो व्यवस्था उडाउन सक्ने आकलन गर्न सकिन्छ । शक्ति सञ्चयका लागि अभियानमा लागेको हिन्दु समाज र हिन्दुवादी कार्यकर्ता आफ्नो धर्म र धैर्यतालाई तोडेर सशस्त्र विद्रोहमा निस्कियो भने यो व्यवस्था र पार्टीले धान्न सक्ने अवस्था रहने छैन। त्यसैले कांग्रेसले आफूलाई बलियो प्रजातान्त्रिक शक्तिकै रुपमा राखिरहने हो भने अहिले उठेका धार्मिक विद्रोहका आवाजहरूलाई सम्बोधन गर्न जरुरी छ ।

सनातन हिन्दु राष्ट्रका पक्षमा रहेका पूर्व महामन्त्री शशांक कोइराला नेता शेखर कोइराला चन्द्र भण्डारी, शंकर भण्डारीहरूको नेतृत्वमा पार्टीभित्र व्यापक बहस चलाई पार्टीभित्रको अन्तरसघर्ष र देशमा आउन सक्ने धार्मिक विद्रोहलाई रोक्नको लागि धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र नेपाल पुनस्थापनको एजेन्डा पार्टीले बोक्न सकेन भने पौढ अवस्थामा रहेका पार्टीका क्रियाशील सदस्यहरुले पार्टीप्रतिको भरोसा तोडेर हिन्दुक्रान्तिमा होमिने वातावरण बन्नेछ। धर्मनिरपेक्षको जालसाजी पूर्ण षड्यन्त्रमूलक संविधान निर्माणमा भूमिका खेली धार्मिक द्वन्दतर्फ देशलाई धकेल्न सहयोगी बनेका कांग्रेस हिजोका गल्तीहरुलाई सच्चाउँदै जनतासँग माफी माग्दै हिन्दु राष्ट्रको एजेन्डा बोकी आफुले दुषित बनाएको राजनैतिक सामाजिक तथा धार्मिक वातावरण सुधार्ने जिम्मेवारी अहिले कांग्रेसको काँधमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस