Nirvik Khabar

बालबालिकालाई मोबाइलबाट कसरी टाढा राख्ने? अभिभावकले यी कुरा ख्याल गरौं

Advertisements
Single Page Long - 2

पछिल्लो समय धेरैजसाे अभिभावकको चिन्ताको विषय हुने गरेको छ आफ्ना बालबालिकाले धेरै समय मोबाइल चलाउने। बालबालिकालाई मोबाइलमा बानी बसाल्ने भूमिका अभिभावकले नै खेलेका हुन्छन्। सुरुमा अभिभावकले नै बालबालिकालाई फकाउन तथा खुशी बनाउने नाममा मोबाइल चलाउन दिएका हुन्छन्। तर पछि त्यही बानी समस्या बन्न जान्छ। सानै उमेरमा बालबालिका मोबाइल देखेर खुशी भए तथा दंग परेर भनेर चलाउनु दिनु घातक हुनसक्छ।

बालबालिकाका कलिला आँखा मोबाइलको स्क्रीनले छिट्टै बागार्नुका साथै बालबालिकाले धेरै समय मोबाइलमा निहुरिएर हेर्दा गर्दन तथा ढाडको हड्डीमा समेत समस्या आउँछ। यसका साथै स्वास्थ्यमा अन्य समस्या पनि निम्तिने गर्छ। त्यसकारण बालबालिकालाई मोबाइलबाट टाढा राख्ने उपाय अपनाउन जरुरी हुन्छ।

बालबालिकालाई मोबाइलको लतबाट टाढा राख्न साथीहरूसँग खेल्न प्रेरित गर्नेे, पार्कतिर घुम्न लैजाने, मोबाइल चलाउन निश्चित समय निर्धारण गर्ने, मोबाइलका बेफाइदाका बारेमा भन्ने, कुराकानी गर्ने, सधै नजिक रहने प्रयास गर्नुपर्छ।

यसरी राख्न सकिन्छ बालबालिकालाई मोबाइलबाट टाढा

– बाहिर खेल्ने बानी बसाउने
– मोबाइल कम दिने
– बालबालिकासँग कुराकानी गरिरहनु
– मोबाइलमा पासवर्ड राख्नु
– बालबालिकालाई प्रकृतिप्रेमी बनाउने अर्थात केही समय टहलाउन लैजाने
– बालबालिकासँग नजिक रहने
– मोबाइल चलाउँदा हुने बेफाइदाका बारेमा भन्ने
– रचनात्मक कामका लागि प्रेरित गर्ने
– अन्य मनोरञ्जनका साधन प्रयोग गर्ने
– घरमा रहँदा पनि मोबाइलभन्दा अन्य खेल तथा क्रियाकलापमा ब्यस्त बनाउने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस