Nirvik Khabar

ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च पुग्यो अख्तियार

Advertisements
Single Page Long - 2

ललिता निवास क्याम्प भित्रको सरकारी सार्वजनिक जग्गा गैरकानूनी रुपमा व्यक्ति तथा संस्था विशेषको नाममा कायम गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

अख्तियारले कलाधर देउजासहित ११० जनालाई प्रतिवादी कायम गरी विशेष अदालतमा मिति २०७६। माघ २२ गते आरोपपत्र दायर गरेको थियो।साथै, जग्गा जफत गर्ने प्रयोजनका लागि थप ६५ जनालाई प्रतिवादी बनाइएको थियो।

उक्त मुद्दामा विशेष अदालतको मिति २०८० फागुन ३ को फैसलाबाट प्रतिवादीहरुमध्ये केहीलाई सफाइ र केहीलाई आंशिक सफाइ दिएको थियो।विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी आज (फागुन २० गते) सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस