Nirvik Khabar

काठमाडौं र भरतपुर अस्वस्थकर, काठमाडौंमा शुक्रबार साँझसम्मै प्रदूषण बढ्ने

काठमाडौं । काठमाडौं उपत्यका र भरतपुर सहर अस्वस्थकर बनेका छन् । वायुको गुणस्तरको तह एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १५० भन्दा बढी भएसँगै यी सहर अस्वास्थकर वर्गमा परेका हुन् ।वातावरण विभागको तथ्यांकअनुसार शुक्रबार बिहान ११ बजेको एक्यूआई भक्तपुरमा १५६, रत्नपार्कमा १५४ र भरतपुरमा १५२ पुगेको छ ।

उक्त समयमा काठमाडौंको वायुमा पीएम ६१.५ सम्म पुगेको छ । यो मात्रा शुक्रबार दिनभर बढ्ने र राति ११ बजे ६८.९१५ सम्म पुग्ने विभागको पूर्वानुमान छ ।भरतपुर र हेटौँडामा शुक्रबार दिउँसो १२ बजेसम्म पीएम २.५ को मात्रा १०० भन्दा माथि पुग्ने विभागको पूर्वानुमान छ ।

विश्व स्वास्थ्य संगठनले एक्यूआई ५० भन्दा कम रहेको वायुलाई स्वस्थकर मानेको छ । त्यसभन्दा माथि भए वायु अस्वस्थकर र जति एक्यूआई बढ्दै गयो त्यति हानिकारक मानिन्छ ।पीएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ ।पीएम १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस