Nirvik Khabar

सहकारी ठगीमा जोशीलाई काठमाडौँ ल्याइयो, कुमारलाई फिर्ता पठाइयो, त्यसपछि रविको पालो

Advertisements
Single Page Long - 2

काठमाडौँ । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई मंगलबार साँझ कास्कीबाट काठमाडौँ ल्याइएको छ । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा गत असोज ६ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका जोशीलाई काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएकाले बयानका लागि काठमाडौँ ल्याइएको हो ।उनलाई मंगलबार साँझ विमानमार्फत काठमाडौँ ल्याइएको हो । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा लगिएको छ । जोशीसँग सरकारी वकिलको कार्यालयमा बुधबारबाट बयान लिने तयारी प्रहरीको छ ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौँ जिल्ला अदालतबाट पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने, पूर्व डीआईजी जोशी, कुमार रम्तेलसहित २१ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।यसअघि कुमार रम्तेललाई पनि काठमाडौँ ल्याएर बयान लिइएको थियो । रम्तेललाई बयान सकेर मंगलबार पोखरा नै फर्काइएको छ ।

जोशीको पनि बयान सकेर पोखरा नै फर्काइनेछ । त्यसपछि लामिछानेलाई काठमाडौँ लैजाने तयारी प्रहरीको छ ।रवि लामिछानेले काठमाडौँको स्वर्णलक्ष्मीबाट दुईपटक ऋण लिएको भेटियो
सहकारीका बचतकर्ताले जाहेरी दिएपछि प्रहरी वृत्त कालीमाटीले अनुसन्धान शुरु भएको हो । स्वर्णलक्ष्मी सहकारीमा दुई अर्ब ७४ करोड रुपैयाँ अपचलन भएको पीडितहरुको दाबी छ ।जिल्ला प्रहरी परिसर काठमाडौंले स्वर्णलक्ष्मी सहकारीको अनुसन्धान गरिरहेको छ । गत आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले जोशी र लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

जोशी र लामिछानेविरुद्ध सहकारी रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा अनुसन्धान भइरहेको छ।यसअघि उनीहरू दुवैलाई बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलनमासमेत बयानका लागि रुपन्देही लगिएको थियो।छवि असोज ६ गते र रवि लामिछाने कार्तिक २ गतेदेखि प्रहरीको हिरासतमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस