Nirvik Khabar

गैँडाकोटमा गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार तथा कृषि महोत्सव हुने

Advertisements
Single Page Long - 2

चितवन, कात्तिक १०-

दोस्रो गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार तथा कृषि महोत्सव २०८१ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदी किनारमा हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा यही कात्तिक २३ गतेदेखि मंसिर १० गतेसम्म महोत्सव आयोजना हुन लागेको हो ।

गण्डकी प्रदेशको आर्थिक उत्थानको लागि महोत्सवको आयोजना गरिएको आज(शनिवार) गैँडाकोटमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी गराएको छ । यस मेला र महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउन एवम् नयाँ सम्भावनाको खोजी गर्ने विश्वास लिएको मेलाका संयोजक अमृत भट्टचनले बताए ।

मेला मार्फत नवलपुरका सबै पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा सम्भावनाको खोजी गर्दै त्रिवेणीधामदेखि पोखरा हुँदै मुक्तिनाथसम्मको पर्यटकीय करिडरको प्रचार गर्ने रहेको उनले बताए ।

गण्डकीको कान्छो जिल्ला नवलपुर जिल्लाले सिङ्गो गण्डकीलाई आत्मनिर्भर बनाउन सक्ने समाथ्र्य रहेका कारण व्यवसाय पर्वद्धनका लागि नवलपुर छनोट गरिएको उनको भनाइ छ । गण्डकी प्रदेशको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि शिक्षा, स्वास्थ्य पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उद्देश्य राखेको छ ।

मेलाको थप आकर्षणतर्फ ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम र बालउद्यान पनि समावेश गरिएको छ । महोत्सवको उद्घाटन कात्तिक २३ गते हुनेछ । महोत्सवमा औद्योगिक तथा व्यापार मेला हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रर्दशनी, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको गतिविधिहरुको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको बिक्री वितरण रहेका छन् ।

महोत्सवमा ३०० वटा स्टल रहेका छन् । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुसहित दैनिक सांस्कृतिक कार्यक्रम हुने उनको भनाइ छ । एक करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सव प्रवेशका लागि सर्वसाधारलाई रु १०० तथा विद्यार्थीलाई रु ५० को टिकटको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस