Nirvik Khabar

दशैँको चटारो, बसपार्कमा यात्रुको भीड [फोटोफिचर]

काठमाडौँ । नेपालीहरुको महान् चाड बडादशैँका लागि सङ्घीय राजधानी काठमाडौँ छोडेर घर जानेको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । दशैंका लागि घर जाने तथा अग्रिम टिकट लिनेका कारण काठमाडौँको गोँङ्गबुमा रहेको नयाँ बसपार्कका हिजोआज घुइँचो बढिरहेको छ ।  बडादशैँको आगमनसँगै विभिन्न कामका लागि राजधानी पसेका दशैं शुरु भएसँगै घर फर्किन थालेका कारण बालाजु नयाँ बसपार्कमा चहलपहल बढ्न थालेको बस व्यवसायी बताउँछन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराका अनुसार यही असोज १४ गतेदेखि काठमाडौँबाट बसमा बाहिरिनेहरु निकै भएका छन् । तीन दिने वर्षाले पारेको उथुलुपुथुलपछि अहिले स्थिति सामान्य बन्दै गएको छ ।

यात्रुहरुको भीड बढेसँगै नयाँ बसपार्कमा हेल्प डेक्स स्थापना गरी यात्रुलाई सहज रुपम यात्रा गराउन, पाकेटमारदेखि सावधान हुन तथा माइकिङ गरिन थालिएको प्रवक्ता अधिकारीले बताए । यसैगरी दशैं मनाउनका लागि कर्मथलो छोडेर घर फर्किनेको लर्को लागेपछि काठमाडौँका नाकामा सवारीको चाप बढ्दै गएको प्रहरीले जनाएको छ । काठमाडौँको नयाँ बसपार्क, कलङ्की, बल्खु, कोटेश्वर क्षेत्रमा घर फर्किने यात्रुको भीड र सवारी साधनको चाप बढेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यात्रुको भीड र सवारी साधनको चाप बढेपछि राजधानी काठमाडौँ छिर्ने र बाहिरिने नाकामा सवारी जाम बढ्न थालेको छ ।

 

dashian-buspark-81-6-19 (1).jpg
dashian-buspark-81-6-19 (2).jpg
dashian-buspark-81-6-19 (3).jpg
dashian-buspark-81-6-19 (4).jpg
dashian-buspark-81-6-19 (5).jpg
dashian-buspark-81-6-19 (6).jpg
dashian-buspark-81-6-19 (7).jpg
dashian-buspark-81-6-19 (8).jpg
dashian-buspark-81-6-19 (9).jpg
dashian-buspark-81-6-19 (10).jpg
dashian-buspark-81-6-19 (11).jpg
dashian-buspark-81-6-19 (12).jpg
dashian-buspark-81-6-19 (13).jpg
dashian-buspark-81-6-19 (14).jpg
dashian-buspark-81-6-19 (15).jpg
dashian-buspark-81-6-19 (16).jpg
dashian-buspark-81-6-19 (17).jpg
dashian-buspark-81-6-19 (18).jpg
dashian-buspark-81-6-19 (19).jpg
dashian-buspark-81-6-19 (20).jpg
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस