Nirvik Khabar

बाढीपहिरोमा २२८ जनाको मृत्यु, अझै २५ सम्पर्कविहीन

Advertisements
Single Page Long - 2

दुई दिने झरीपछि आएको बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या २२८ पुगेको छ। गृह मन्त्रालयका अनुसार, बुधबार बिहानसम्म मृतकको सख्ंया २२८ पुगेको हो। अझै २५ जना हराइरहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए।

असोज ११ र १२ गते परेको झरीले काठमाडौं उपत्यका लगायत बागमती, गण्डकी र कोशी प्रदेशमा जनधनको क्षति भएको हो। बाढीपहिरोमा १५८ जना घाइते भएका छन्।

बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ। अहिले पनि खोज, उद्धार र सहायता परिचालन जारी रहेको गृह मन्त्रालयले जनाएको छ। विपद् प्रभावितलाई खाद्यान्न लगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको तिवारीले जानकारी दिए।बाढीपहिरोले देशका विभिन्न स्थानमा राजमार्ग अवरुद्ध रहेका छन्। अझै पनि विभिन्न राजमार्ग ४३ ठाउँमा अवरुद्ध रहेको सडक विभागले जनाएको छ।असोज १३ गते ६८ वटा राजमार्ग अवरुद्ध रहेका थिए। केही खुलाइसकेको र केही खुलाउने प्रयास भइरहेको विभागले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस