कालिका– सिल्भर फुटबल क्लब गैंडाकोटले झर्ना फुटबल क्लब कालिका-८ लाई पराजित गरेेको छ । कालिकामा जारी प्रथम युवा संघ नेपाल कप खुल्ला फुटबल प्रतियोगितामा आइतबारभएको खेलमा झर्ना फुटबल क्लब कालिका ४-० गोलले पराजित भएको हो ।
खेल कालिका-७ सगुन विकास समाजको खेल मैदानमा भएको थियो। प्रतियोगिताको अध्यक्षता राष्ट्रिय युवा संघ नेपाल चितवन कालिका वडा नं ७ का अध्यक्ष रुपेस सुनारले गरेका थिए ।
प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल चितवनका सह-सचिव पूर्ण महतो (निशान) ले खेलको महत्त्व र खेलाडीको हितमा संघको प्रतिबद्धता व्यक्त गरे। उनले रचनात्मक गतिविधिहरूले राष्ट्रलाई चिनाउने कुरामा पनि जोड दिए।
प्रतियोगिता आगामी वर्ष पनि जारी रहने योजना रहेको चितवनका कालिका नगरपालिका अध्यक्ष जीवन थापा मगरले बताए। भोलिको खेल लामा स्पोर्टस फुटबल क्लब र न्यु स्टार फुटबल क्लब कालिका-८ बीच हुनेछ। खेलमा कुल १२ टोली सहभागी छन्।


































Discussion about this post