भरतपुर – आत्मज्ञान प्रचार संघ भरतपुरले ४४औं अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा विद्यालय स्तरीय कविता गोष्ठी प्रतियोगिता सम्पन्न गरेको छ। प्रतियोगितामा नारायणी इङ्लिस पव्लिक स्कुलकि छात्रा अर्चना भट्टराई प्रथम भएकि छिन, सनराइज इङ्लिस स्कुलकि छात्रा रसिका कंडेल द्वितिय, योगी नरहरिनाथ गुरुकुलमका छात्र मनिष खनाल तृतीय र गार्गी कन्या गुरुकुलकि नविना भट्टराई र स्मल हेवनकि आरोही खनालले प्रोत्साहन पुरस्कार प्राप्त गरेकाछन, विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीले नगद सहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो।
नारायणी कला मन्दिरमा १७ जना विद्यार्थीहरुले प्रतिष्पर्धा गरेका थिए यस अघि ४० भन्दा बढि सहभागिहरु बाट १७ जना छनौट भएका थिए। शान्ति तथा शिक्षा लगायतको विषयमा प्रतियोगिहरुले आफ्नो कविता प्रस्तुत गरेका थिए। प्रा.डा होमनाथ सापकोटा, कवि भुपिन, भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलिया प्रतियोगिताको निर्णायकमा रहनुभएको थियो।
कार्यक्रममा अन्तर्राष्ट्रिय शान्ति वक्ता तथा लेखक प्रेम रावतको ‘शान्ति सम्भव छ’ अभियानको संदेश भिडियो समेत प्रस्तुत गरिएको थियो ।प्रतियोगितात्मक कविता गोष्ठिका संयोजक डि.आर. पोख्रेलको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
यसै विच कविता गोष्ठी अघि आत्मज्ञान प्रचार संघ भरतपुरले शान्ति पदयात्रा सम्पन्न गरेको छ। भरतपुर महानगर प्रमुख रेनु दाहाल प्रमुख अतिथि रहनु भएको पद यात्रामा चितवन, नवलपुर लगायतका बिभिन्न स्थान बाट मानिसहरुको सहभागिता रहेको थियो। भरतपुरको चैविस कोठि बाट सुरु भएको शान्ति पदयात्रा नारायण्गढ बजारको बिभिन्न स्थानहरुको परिक्रमा गरि नारायणी कला मन्दिरमा पुगि समापन भएको संस्थाका अभियान्ता शिरिस पन्तले बताउनुभयो।
Discussion about this post