किस्ना आचार्य रोशनी
काठमाडौ – हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा तिज पर्वलाइ लक्षित गर्दै सर्जक गायक गायिकाहरुले आफ्नो आवाज र सिर्जनामा तिज विशेष गीतहरु सार्वजनिक गरिरहेका छन् ।
विशेषत नारीहरुको पर्व मानिने तिजमा एक विवाहित चेली माइत आएको बेला आफुले पराइको घरमा गर्नुपरेका दु:ख या सुखका अनुभूति हरुलाई गीतको माध्यमबाट आफ्ना साथीसंगी जम्मा भएर आफ्ना माइतीहरुलाई सुनाउने या आफुलाइ मन परेका जोडीहरुले (श्रीमान,श्रीमतीले समेत )एक अर्काको प्रशंसा गर्दै आफ्नो मनोभावना व्यक्त गर्ने चलन परापूर्वकालदेखि चल्दै आएको हो ।
प्रविधिको विकाससँगै अहिले आफ्ना सिर्जनाहरु डिजिटल प्लेटफर्ममा राखेर सम्पूर्ण नेपाली गीतसंगीतप्रेमी हरुलाइ सुनाउन मात्रै होईन गीतले मागेको कथालाई समेत भिज्युलाइज गरेर देखाउन सफल छ्न् सर्जक गायक गायिका हरु ।
तिज गीतहरू सार्वजनिक हुने क्रममा गायिका तथा प्रस्तोता सोभा त्रीपाठिले पनि भर्खरै मात्रै आफ्नो तिज कोसेली सै ले झुक्यायो मझैले नामको तिज गीत सार्वजनिक गरेकी छ्न् । गीतको आवाजमा सोभा लाई नरेश रेग्मीले साथ दिएका छ्न भने नेत्र अर्यालको लय तथा शब्द सिर्जना रहेको छ ।बिक्रम चौहानले गीतको कथा/ नृत्य निर्देशन गरेका छ्न भने प्रकाश खड्काले भिडियो दृश्य खिचेका हुन। मिलन विश्वकर्माले सम्पादन गरेको यश गीतको भिडियोमा सोभा त्रिपाठी आफै अभिनय गरेकी छ्न् ।उनलाई रमेश बिश्वकर्माले साथ दिएका छ्न् ।
बिगत लामो समय देखि आफ्नो स्वर र अभिनय संगै कार्यक्रम प्रस्तोता तथा विभिन्न मेला महोत्सव सांगीतिक कार्यक्रम होस्ट लगायत विभिन्न माध्यमबाट सांगीतिक यात्रामा निरन्तर सकृय र रहदै आएकी सोभाका थुप्रै गीतहरू सांगीतिक बजारमा उपलब्ध छ्न् ।
Discussion about this post