Nirvik Khabar

ट्रेण्डिङको पहिलो नंबरमा तीज गीत ‘काली पसम कि’

Advertisements
Single Page Long - 2

चितवन – साउन महिना लागेसँगै तीज गीतहरु सार्वजनिक हुने क्रम बढ्दो छ । सार्वजनिक तीज गीतका नाममा उत्ताउला र विकृतिजन्य गीतहरु आइरहेको गुनासो पनि बढीरहेको छ । तर यहि भीडमा नेपाली समाजले हेर्न र सुन्न चाहेको वास्तविक तीज गीत ‘काली पसम कि’ सार्वजनिक भएको छ । गीत प्रेम सापकोटा सोनुको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीत सार्वजनिक भएसँगै उल्लेखनिय भ्यूज पाउँदै गीतले ट्रेण्डिङको पहिलो नंबरमा यात्रा गरिरहेको छ । युट्युबमा गीतको सम्पूर्ण पक्षको तारिफ गरिएको छ । सामाजिक सञ्जालमा पनि धेरैले यो गीत शेयर गर्दै ‘यो वर्षको अहिले सम्मको उत्कृष्ट गीत’ लेखेका छन् । कतिपयले ‘यहि गीतले यो वर्षको तीज कब्जा गर्ने’ भन्दै गीतलाई शेयर गरेका छन् ।

गीतका रचनाकार प्रेम सापकोटा ‘सोनु’ ले संगीत क्षेत्रमा गरेको अथक मेहेनतको फल बर्षौपछी प्राप्त  गरेको बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन ।

“आखिर खुशि नै त रहेछ सबै कुरा ।गितसंगितको क्षेत्रमा आफ्ने घर जलाएर खरानि बेच्न हिंडेको मान्छे हुं म।बर्षौँ पछि आज त्यो खरानिले मुल्य पाएको छ।म त्यो करोडौँ लगानिको बोझ बिर्सिएर जिवनमा पहिलोपटक गितसंगितको यात्राबाट खुशि भएको छु।यो खुशि दिलाउनुहुने तपाईहरु सम्पूर्ण प्रति आभार व्यक्त गर्दछु।यो संगै मलाई एउटा जेलभित्र हालिएको महशुस गरेको छु जुन जेलबाट निस्किन मैले नराम्रो श्रृजनाको पछाडि दगुर्नुपर्नेछ।अब त्यो गल्ति म बाट हुंदैन रहुनेछैन।गल्ति गर्दा औँला उठाउने र राम्रो गर्दा तालि बजाउने अधिकार तपाईहरुलाई सुम्पिएको छु।अन्तमा यो गितसंग सहकार्यमा रहनुहुने सम्पुर्ण सहकर्मीहरुलाई हार्दिक बधाई संगै शुभकामना”

प्रेम सापकोटा ‘सोनु’ को शब्द तथा संगीत रहेको गीत वास्तवमै मर्मश्पर्शी छ । गायिका शान्तिश्री परियारको स्वरले गीतको प्राण भरेको छ । शान्तिश्रीले गीतमा आफ्नो कोकीलकण्ठी आवाजमै अभिनय पनि दिएको आभाष हुन्छ ।  बिनोद बाजुरालीले संगीत संयोजन गरेको गीतलाई खडक बाजुरालीले मिक्सिङ गरेका हुन् । मालाश्री रकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट सागर बाजुराली र गोबिन्द पराजुली हुन् । गीतमा अडियोका सबै विधाहरु उत्कृष्ट लाग्छन् र, सुनिरहँदा कर्णप्रिय र मर्मश्पर्शी सुनिन्छ । गीतले तीजको मर्म बोकेको छ ।

अडियो जस्तै गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । गीतको जेरी भण्डारीको निर्देशन तथा कोरियायोग्राफीमा तयार भएको भिडियोमा स्मारिका ढकाल र जोन बम ठकुरी फिचर्ड छन् । कलाकारहरुको नृत्य दमदार त छँदैछ, अभिनय पनि जीवन्त गरेका छन् । राजेश घिमिरेले छायांकन गरेको गीतको भिडियोलाई नबिन घर्ति मगरले सम्पादन गरेका हुन् ।

विवाहित नारीले श्रीमानबाट भोगेको हिंसा त्यसपछि निम्त्याउने अन्य समस्याहरुलाई गीतमा उतारिएको छ । वास्तविक तीजको मर्म बोकेको यो गीत सुन्दा मुटु छुन्छ, भिडियो हेर्दा आँखा रसाउँछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस