Nirvik Khabar

त्रिशूलीमा खसेको दुइटा बसमा ६५ यात्रु रहेको पुष्टि

Advertisements
Single Page Long - 2

नारायणगढ-मुग्लिन सडक अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा शुक्रबार खसेको दुई बसमा कुल ६५ यात्रु रहेको पुष्टि भएको छ।

दुई दिनसम्म प्रहरीले बसको टिकट काउन्टर र आफन्तहरूसँग सोधपुछका आधारमा ६५ यात्रु सवार रहेको निष्कर्ष निकालेको हो।प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गौर जाँदै गरेको गणपति यातायातको प्रदेश ०३- ००१ ख २४९५ नम्बरको बसमा टिकट काटेका र चलानमा उल्लेख भएका २७ जना र आफन्त सम्पर्कमा आएर जानकारी गराएको ११ जना गरी ३८ जना थिए।

त्यस्तै वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश०३-००६ख १५१६ नम्बरको एन्जल डिलक्सको बसमा चलानबमोजिम २३ यात्रु र आफन्तले जानकारी गराएबमोजिम थप चार जना गरी २७ यात्रु रहेको पुष्टि भएको प्रजिअ यादवले जानकारी दिए।

दुई बसमा गरी ६५ जनामध्ये तीन जना हामफालेर बाँचेका थिए। शुक्रबार दिउँसोदेखि शनिबार बेलुकासम्म तीन जनाको शव भेटिएको र तीनै जनाको शव सनाखत भइसकेको छ।

शनिबार गोलाघाटमा भारतीय नागरिक ऋषि पाल साहको शव भेटिएको थियो। उनी गणपति यातायातको बसमा चढेको खुलेको थियो।शनिबार गैँडाकोटमा दुई जनाको शव भेटिएको थियो।

ती शवहरू माडी–१ का २२ वर्षीय विकास परियार र अर्को शव सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ३ बस्ने १९ वर्षीय रमित कुशर माझीको रहेको खुलेको छ। विकास एन्जल डिलक्स र रमित गणपति ट्राभल्सको बसमा सवार रहेको खुलेको छ।

आइतबार गोलाघाटमै अर्को शव भेटिएको छ। उक्त शवको सनाखत भइसकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस