Skip to main content

Nirvik Khabar

इङ्गल्याण्ड युरोकपको सेमिफाइनलमा, स्वीट्जरल्याण्ड पराजित

Advertisements
Single Page Long - 2

काठमाडौँ । इङ्गल्याण्ड जर्मनीमा जारी युरोकप फुटबलको सेमिफाइनलमा पुगेको छ । गएराति भएको क्वार्टरफाइनलमा स्वीट्जरल्याण्डलाई पेनाल्टी सुट आउटमा ५–३ गोल अन्तरले पराजित गर्दै इङ्गल्याण्ड सेमिफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटमा दुवै देशले १–१ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । ३० मिनेटको अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा स्वीट्जरल्याण्डका खेलाडी अकान्जीले पेनाल्टी मिस गरेका थिए ।

यसअघि निधारित ९० मिनेटको खेलमा खेलको ७५ औँ मिनेटमा स्वीट्जरल्याण्डका ब्रिल एम्बोलोले गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए ।खेलको ८० औँ मिनेटमा इङ्गल्याण्डका लागि बुकायो साकाले बराबरी गोल गरेका थिए । यो जितपछि अब इङल्याण्डले सेमिफाइनलमा नेदरल्याण्ड्ससँग खेल्नेछ । त्यस्तै अर्को सेमिफाइनलमा स्पेन र फ्रान्स खेल्दै छन् ।यो हारसँगै स्वीजरल्याण्ड भने युरोकपबाट बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस