Nirvik Khabar

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य बृद्धि, ग्यास १८ सय पुग्यो

काठमाडौं – नेपाल आयल निगमले पुनः इन्धनको मूल्य बढाएको छ । निगमले आइतबार १२ बजे राती देखि लागू हुनेगरी पेट्रोलियम पदार्थ र ग्याँसको मूल्य बढाएको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य बढाएको छ । त्यस अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ पर्नेछ ।

निगमले हवाई इन्धन (आन्तरिकमा) मा पनि प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेर नयाँ खुद्रा बिक्री मूल्य १६६ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ ।

https://www.youtube.com/watch?v=m8yBifMG0SA

त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २ सय रुपैयाँले बढाएर प्रति सिलिण्डर १८ सय रूपैयाँ पुर्याएको छ ।निगमले यसअघि वैशाख ३१ गते पनि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रूपैयाँले वृद्धि गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस