Nirvik Khabar

रवि लामिछानेलाई मुकुलले भन्न चाहन्थे- काम गरेपछि मात्र बोल्नुहोला

रास्वपाका महामन्त्री मुकुल ढकाललाई पार्टीको केन्द्रीय समिति बैठकमा बोल्न अनुमति नदिएपछि उनले बोल्न चाहेका कुरा सञ्चारकर्मीमाझ सार्वजनिक गरे । महामन्त्री ढकाल आफूले बैठकमा बोल्ने विषय लिखित नै लिएर गएका थिए ।

उनले सभापति रवि लामिछानेलाई बोलेको कुराको उत्तर माग गर्न चाहन्थे । सभापति लामिछानेलाई अबका दिनमा काम गरेपछि मात्र बोल्नुहोला भनेर ढकालले अनुरोध गरेका छन् । ‘सभापतिज्यू, तपाईंले बोलेका सबैको कुराको रेकर्ड राखेर उत्तर दिनुपर्‍यो । राजनीतिमा आएपछि बोलेका सबै कुरा । यही केन्द्रीय समितिबाट एउटा उपसमिति बनाऔँ, ती बोलीको अभिलेखीकरणका लागि,’ महामन्त्री ढकालले सार्वजनिक गरेको प्रस्तावमा भनिएको छ, ‘अरुले बोलेका कुरा मलाई मतलब छैन, मलाई तपाईंले बोलेका कुराहरूको मतलब छ । हिजो किन बोल्नुभयो ? बोलेका कुराहरू कहिले पूरा गर्नुहुन्छ ? टाइमफ्रेम चाहियो । रिजल्ट चाहियो । र, अनुरोध छ, अबका दिनमा काम गरेपछि मात्र बोल्नुहोला ।’

उनले आफूलाई गणेशभन्दा पनि कार्तिकेय बन्ने इच्छा भएको बताएका छन् । आफू जनतासँग बस्न चाहेको उनले बताएका छन् । महामन्त्री ढकालले पौराणिक कथा स्मरण गर्दै सभापतिलाई गणेश मान्ने कि कार्तिकेय मान्ने भन्ने प्रश्न गरेका छन् । ‘हाम्रो सनातन सभ्यता पौराणिक कथाहरूले धनी छ । गणेश र कार्तिकेय देवताहरू शिव र पार्वतीका छोराहरू थिए । एकपटक गणेश र कार्तिकेयमा दौड प्रतियोगिता भएछ, र नियम रहेछ– सारा संसार दौडेर आउने विजेता । सारा संसार डुल्ने कार्तिकेयले तीनै लोक दौड्नुभएको थियो र गणेशले चाहिँ आफ्ना मातापिता शिवपार्वतीलाई बीचमा राखेर घुम्नुभएको थियो,’ उनले सार्वजनिक गरेको प्रस्तावमा भनिएको छ, ‘शिव र पार्वतीले गणेश पहिलो भएको, पूजनीय भएको भनेर विजेता घोषणा गरिदिनुभयो । म देश घुम्न चाहन्छु, सभापतिज्यू, म जनतासँग बस्न चाहन्छु । म कार्तिकेय बन्छु तर गणेश बन्दिनँ । तपाईंको इच्छा, गणेशलाई पहिलो मान्नुहुन्छ वा कार्तिकेयलाई ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस