Nirvik Khabar

इङल्याण्डमाथि दक्षिण अफ्रिका ७ रनले विजयी

काठमाडौं । दक्षिण अफ्रिकाले इङल्याण्डलाई पराजित गरेको छ । जारी टी २० विश्वकपअन्तर्गत सुपर आठको खेलमा दक्षिण अफ्रिकाले इङल्याण्डलाई ७ रनले पराजित गरेको हो ।दक्षिण अफ्रिकाले दिएको १६३ रनको लक्ष्य पछ्याएको इङल्याण्डले २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएपछि दक्षिण अफ्रिका ७ रनले विजयी भएको हो ।

यसअघि पहिला ब्याटिङ्ग गर्दै दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १६३ रन बनाएको थियो । यो जितपछि दक्षिण अफ्रिकाले सुपर आठमा लगातार दुई खेल जितेको छ ।

यस विश्वकपमा दक्षिण अफ्रिकाको यो लगातार छैटौँ जित हो । त्यस्तै इङल्याण्डले सुपर आठको दोस्रो खेलमा एक जित र एक हार बेहोरेको छ ।अब सुपर आठको अन्तिम खेलमा दक्षिण अफ्रिकाले सोमबार वेस्ट इन्डिजको सामना गर्ने छ । इङल्याण्डले आइतबार राति अमेरिकासँग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस