Nirvik Khabar

सुपर एटमा अष्ट्रेलियाको विजयी शुरुआत, बंगलादेशमाथि २८ रनको जित

काठमाडौँ । टी–२० विश्वकप क्रिकेटको सुपर एटमा अष्ट्रेलियाले विजयी शुरुआत गरेको छ । अष्ट्रेलियाले बंगलादेशमाथि २८ रनको जित निकालेको छ ।  नर्थ साउन्डमा भएको वर्षाले प्रभावित खेल पूरा हुन नसकेपछि डर्क वर्थ लेविस पद्धतिअनुसार अष्ट्रेलिया २८ रनले विजयी भएको हो ।खेलमा पहिले ब्याटिङ गरेको बंगलादेशले ८ विकेटको क्षतिमा १४० रन बनायो । कप्तान नजमुलु हुसेन शान्टोले ३६ बलमा ४१ रन बनाए ।

टविड हृदयले २८ बलमा ४० रन जोडे ।पाट कमिन्सले ३ तथा एडम जम्पाले २ विकेट लिए । जवाफमा अष्ट्रेलियाले ११.२ ओभर सम्भव भएको खेलमा २ विकेटको क्षतिमा १०० रन बनायो ।डेभिड वार्नरले ३५ बलमा अविजित रहँदै ५३ तथा ट्राभिस हेडले २१ बलमा ३१ रन बनाए ।

वर्षाले खेल अगाडि बढाउन सम्भव नभएपछि डक वर्थ लेविस नियमानुसार ११.२ ओभरमा ७३ रनको चुनौतीको समीकरण आएसँगै अष्ट्रेलिया २८ रनले विजयी भएको हो ।समूह १ मा एक एक खेल सकिएपछि अष्ट्रेलिया २ अंकसहित पहिलो तथा भारत दोस्रो स्थानमा रहेको छ ।अफगानिस्तान र बंगलादेश भने अंकविहीन छन् ।समूह २ मा इङ्गल्याण्ड र दक्षिण अफ्रिकाले जित हासिल गर्दा अमेरिका र वेष्ट इन्डिज पराजित भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस