Nirvik Khabar

हेटौंडामा ५६ हजार बढी मत गनियो, त्रिपक्षीय टक्कर रोमाञ्चक

हेटौंडा । हेटौंडा उपमहानगरपालिका मेयरको मतपरिणाम रोचक बन्दै गएको छ । मेयरमा गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले अग्रता कायमै राखेकी छिन् ।

पछिल्लो समय उनले दोस्रो स्थानमा रहेका एमालेका उम्मेदवार अनन्त पौडेलको भन्दा मतान्तर बढाएकी छिन् । ५६ हजार ३६० मत गन्दा मेयरमा लामाले १७ हजार ३४३ र पौडेलले १६ हजार १६३ मत प्राप्त गरेका छन् । राप्रपाका दीपकबहादुर सिंह १५ हजार ५१४ मत सहित तेस्रो स्थानमा छन् ।

उपमेयरमा गठबन्धनबाट उम्मेदवार कांग्रेसका राजेश बानियाँले अग्रता बढाउँदै लगेका छन् । बानियाँ निकटतम प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्ले भन्दा धेरै अगाडि छन् । राप्रपाकी इन्दिरा न्यौपाने डल्लाकोटीले पनि आफ्नो उपस्थितिलाई कायमै राखेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस