काठमाडौँ । युरोपा लिग फुटबलको उपाधि इटालियन क्लब एटलान्टाले जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा एटलान्टाले जर्मन क्लब बायर लिभरकुसेनलाई ३–० गोल अन्तरले पराजित गर्दै युरोपा लिगको उपाधि जितेको हो ।
एटलान्टाको जितमा एडमोला लुकम्यानले ह्याट्रिक गरेका थिए । उनले खेलको १२औँ, २६औँ र ७५औँ मिनेटमा गोल गरेका थिए । एटलान्टाले युरोपा लिगको उपाधि जितेको यो पहिलो पटक हो । त्यस्तै यस सिजनमा ५१ खेलमा अपराजित रहेको लिभरकुसेनको यात्रा भने यो हारसँगै रोकिएको छ ।
Discussion about this post