Skip to main content

Nirvik Khabar

बार्सिलोनाको जितमा लेवानडोस्कीको ह्याट्रिक

Advertisements
Single Page Long - 2

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियालाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा बार्सिलोनाले भलेन्सियालाई ४-२ गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले ह्याट्रिक गरेका थिए भने एक गोल फेर्मिन लोपेजले गरेका थिए । त्यसै गरी भलेन्सियाका लागि हुगो डुरो र पेपेलुले एक एक गोल गरेका थिए।

यस खेलमा खेलको ४५औँ मिनेटमा भलेन्सियाका गिओर्गी मामर्डाशभिलीले रातो कार्ड पाएपछि भलेन्सिया १० खेलाडीमा सीमित भएको थियो।

यो जितपछि बार्सिलोनाको ला लिगामा ३३ खेलमा ७३ अङ्क भएको छ र दोस्रो स्थानमा उक्लिएको छ। बार्सिलोना शीर्ष स्थानमा रहेको रियल म्याड्रिड भन्दा ११ अङ्कले पछाडि रहेको छ। त्यसै गरी भलेन्सियाको भने ३३ खेलमा ४७ अङ्क रहेको छ र लिगमा आठौँ स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस