काठमाडौं । गृह मन्त्रालयले गण्डकी प्रदेश प्रहरीको प्रमुखमा डीआइजी दुर्गा सिंह चन्दको सरुवा गरेको छ । त्यस्तै काठमाडौं जिल्ला प्रहरी परिसरको प्रमुखमा एसएसपी वसन्त रजौरेको सरुवा भएको छ । हालका प्रमुख भुपेन्द्र खत्रीको सरुवा अपराध अनुसन्धान विभागमा भएको छ ।
त्यस्तै उपत्यका अपराध महाशाखाको प्रमुखमा एसएसपी सानुराम भट्टराईको सरुवा भएको छ । उनी यसअघि राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा थिए । काठमाडौं र उपत्यकाका प्रहरी प्रमुखको सरुवामा एआइजी श्याम ज्ञवाली हाबी भएको चर्चा प्रहरी उच्च अधिकारीहरूबीच चलेको छ । ज्ञवालीले गृहमन्त्री आफ्नो सल्लाहमा चल्ने भन्दै केही सातायता विभिन्न पोस्टिङ र सरुवामा जान चाहने प्रहरी अधिकृतहरूसँग डीलमा थिए ।


































Discussion about this post