Nirvik Khabar

चितवनमा एस डि टेकको एक महिने डिजिटल उद्यमी तालिम हुँदै

received_2129529764081875

चितवन, माघ २५

चितवनमा उद्यमीहरुको लागि एक महिने डिजिटल उद्यमी तालिम संचालन हुने भएको छ । आउँदो फाल्गुन १ गतेदेखि संचालन हुने सो तालिम भरतपुर १० स्थित मनकामना अस्पताल नजिकै रहेको एस डि टेक कम्पनी प्रालिको अफिसमा संचालन हुनेछ ।

डिजिटल मार्केटिङ तथा सूचना प्रविधि क्षेत्रमा काम गर्दै आइरहेको एस डि टेक कम्पनी प्रालिले एक महिने डिजिटल उद्यमी तालिम प्रदान गर्ने भएको हो । ६० घण्टाको कोर्ष उपलब्ध गराइने सो तालिममा एक सिफ्टमा ७ जनाका दरले ३ सिफ्टसम्म संचालन हुनेछ । तालिम लिनको लागि प्रतिव्यक्ति १८ हजार ५ सय शुल्क तिर्नुपर्ने एस डि टेक कम्पनी प्रालिका प्रवन्ध निर्देशक सौगात देवकोटाले जानकारी दिनुभयो ।

तालिममा सहभागी हुने व्यक्तिहरुले नेपाली टाइपिङ गर्न सिक्नुका साथै वर्ड पीपीटी तथा एक्सल सफ्टवेयर समेत प्रयोग गर्न सक्नेछन् । तालिममा सामाजिक संजाल के कसरी बनाउने, कस्तो पोस्ट राख्ने, कतिबेला पोस्त गर्ने र सामाजिक संजालको कसरी प्रयोग र गोपनियता सुरक्षित गराउने भन्ने जस्ता विषयमा तालिम दिइनेछ ।

Blue-Modern-College-Admission-Instagram-Post
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस