Nirvik Khabar

‘द पोएट आइडल’को कारण चर्चामा केकी

काठमाडौँ । अभिनेत्री केकी अधिकारी पछिल्लो समय चर्चामा छिन् । उनको चर्चाको कारण रियालिटी शो ‘द पोएट आइडल’ सिजन २ जज अनुबन्धित भएको छ । जजमा उनको प्रवेशलाई सामाजिक सञ्जालमा कतिपयले खिसी गरेका छन्, भने धेरैले समर्थन गरेको देख्न सकिन्छ ।

तर, यस विषयमा केकी स्वयंले मुख खोलेकी छैनन् ।‘द पोएट आइडल’मा केकी पहिलो सिजनकी जज सुरक्षा पन्तको ठाउँमा भित्रिएकी हुन् । उनको अलावा उपेन्द्र सुब्बा, अनुप बराल र विप्लव प्रतीक समेत यसको जर्जमा रहेका छन् ।

शोको दोस्रो सिजन माघ २२ गतेदेखि हिमालय टिभीमा प्रसारण हुँदै छ । प्रत्येक सोमबार र मंगलबार राति ९ बजे दर्शकले हिमालय टिभीमा ‘द पोएट आइडल’ हेर्न पाउनेछन् । यसपटक अडिसन राउण्डबाट १४ जना प्रतिस्पर्धी छनोट भएका छन् ।दोस्रो सिजनमा कुल ३१ एपिसोड हुनेछ । फिनाले जेठमा गर्ने तयारी छ । शोलाई अभिनेता दिव्यदेवले होस्ट गर्नेछन् ।

केकी पछिल्लो समय ‘द पोएट आइडल’को अलावा स्ट्यान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–३’ र फिल्म ‘बोक्सीको घर’मा पनि व्यस्त छिन् । ‘कमेडी च्याम्पियन सिजन–३’को उनी निर्माता हुन् । जुन फागुन ३ गतेदेखि प्रसारणमा आउँदै छ । ‘बोक्सीको घर’ पनि उनको निर्माण अभिनय रहेको फिल्म हो । यो फिल्म पनि उनी छिट्टै ल्याउने तरखरमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस