Nirvik Khabar

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित

काठमाडौँ– नेपाली कांग्रेसले आजका लागि बोलाएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ ।राष्ट्रियसभा सदस्य निर्वाचनबारे छलफल गर्न दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश भोलि दिउँसो १ बजेका लागि सारिएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस