Nirvik Khabar

अक्सफोर्ड कलेजमा हल्ट प्राइज कार्यक्रम

गैँडाकोट। नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ म्यानेजमेन्टले हल्ट प्राइज कार्यक्रम गरेको छ । विद्यार्थीहरुको नोबेल पुरस्कारको रुपमा रहेको हल्ट प्राइजमा भाग लिन कलेजबाट सहभागी हुने विद्यार्थी छनौट गर्न कलेजले हल्ट प्राइज कार्यक्रमको आयोजना गरेको हो ।

आज आयोजित कार्यक्रममा सहभागी पाँचवटा समूहमध्ये कलेजको बिसिएमा अध्ययनरत विद्यार्थीको ‘मेटा अक्स’ समूह छनौट भएको छ । यस समूहले सेन्ट्रल एण्ड साउथ एसियामा सहभागिता जनाउन पाउनेछ । यस प्रतिस्पर्धाबाट विजेता हुने समूहले ग्लोबल प्रतिस्पर्धामा भाग लिन पाउने र त्यहाँबाट छनौट भएमा फाइनल प्रतिस्पर्धामा भाग लिन पाउने कलेजको हल्ट प्राइज कार्यक्रम निर्देशक एवं कार्यक्रमकी अध्यक्ष समृद्धि मरासेनीले जानकारी दिनुभयो ।

हल्ट प्राइजको अन्तर्राष्ट्रिय विजेताले एक लाख अमेरिकी डलर पुरस्कार पाउने उहाँले बताउनुभयो ।हल्ट प्राइज कार्यक्रममा दिगो विकास सम्बन्धी विभिन्न १७ वटा विधामा विद्यार्थीहरुले आफ्नो व्यवसायिक प्रस्तावना बनाएर प्रस्तुत गर्नुपर्ने हुन्छ । व्यवसायिक सँगै सामाजिकरुपमा समेत फाइदा पु¥याउने प्रस्तावनालाई हल्ट प्राइज प्रदान गरिँदै आएको छ । आज आयोजित कार्यक्रममा कलेजका प्राचार्य प्राध्यापक इन्जिनीयर हरि भण्डारीले नेपालको अहिलेको समस्या भनेको भ्रष्टाचार र बौद्धिक पलायत भएको बताउनुभयो ।

नेपालबाट विदेशीने युवाहरुको क्रमलाई रोक्न सकेमा देशको विकास हुने उहाँको भनाइ छ । हल्ट प्राइजमा छनौट हुने विद्यार्थीको समूहले आफ्नो व्यवसायिक प्रस्तावनासँगै स्थानीय विषयलाई समेत समावेश गर्न उहाँले सुझाव दिनुभयो । अक्सफोर्ड कलेजले इलेक्ट्रिकल इन्जिनीयरिङ उत्तीर्ण गरेका विद्यार्थीलाई जापानमा इलेक्ट्रिकल इन्जिनीयरको रुपमा पठाउनका लागि कम्पनीका प्रतिनिधिबाटै भोलि सोमबार कलेजमा अन्तरवार्ता लिइने उहाँले बताउनुभयो ।

अन्तरवार्ताबाट छनौट भएका उम्मेदवार कम्पनीमा छ महिनासम्म इन्टर्न गर्नुपर्ने र त्यसपछि आईटी इन्जिनीयरको रुपमा नियुक्ति पाएर काम सुरु गर्ने भण्डारीले जानकारी दिनुभयो । अक्सफोर्ड कलेजले केही दिन अघि जापानको कम्पनीमा नेपालबाट इन्जिनीयर पठाउने विषयमा सम्झौता गरेर आएको भण्डारीको भनाइ छ ।

सो कार्यक्रममा कलेजका प्राध्यापक एवं मोटिभेसनल स्पिकर कृष्णहरि पौडेलले हल्ट प्राइजका लागि एउटै विषय दिने गरेकोमा हाल दिगो विकासका विषयमा १७ वटा विषय दिएको बताउनुभयो । प्रतिस्पर्धामा सहभागी हुने विद्यार्थीले भविष्यमा आफूलाई देख्न चाहेको स्थान पुग्नका लागि व्यवसायिक प्रस्तावना बनाएर त्यसको प्रस्तुतीकरण गर्नुपर्ने बताउनुभयो । काम र मेहनतले भन्दा पनि मानिसलाई नवीन सोच र विचारले सफल बनाउने उहाँको भनाइ छ ।

कार्यक्रमको निर्णायकको रुपमा एडभान्स टेक इन्डष्ट्रि प्रालिका प्रमुख कार्यकारी अधिकृत इन्जिनीयर सुनीलकुमार यादव, इको विल्डर्स नेपालका प्रोजेक्ट म्यानेजर इन्जिनीयर अणनाथ भण्डारी एवं चार्टर्ड एकाउन्ट महासंघ नेपाल बागमती प्रदेशका प्रमुख तथा युवा उद्यमी मञ्च चितवनका द्वितीय उपाध्यक्ष निशान पौडेल रहनुभएको थियो । समृद्धि मरासेनीको अध्यक्षतामा भएको कार्यक्रममा समृद्ध मरासेनीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस