Nirvik Khabar

पूर्वराजा शाहले आज झापामा सम्बोधन गर्ने

Advertisements
Single Page Long - 2

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले आज सम्बोधन गर्ने भएको छ । शाहले झापाको बिर्तामोडमा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गर्ने क्रममा सम्बोधन गर्न लागेका हुन् ।

बिर्तामोड नगरपालिका–१ मा रहेको इष्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको निमन्त्रणामा शाह सालिक अनावरणका लागि हिजै झापा पुगेका छन् ।उनी हिजो मेचीनगरको ईटाभट्टामा रहेको फाइभ स्टार होटल मेची क्राउनमा बास बसेका छन् । यो होटलका सञ्चालक ‘बले’ भनिने बलराम सापकोटाको हो । सापकोटा झापामा केपी ओली निकट व्यवसायीका रुपमा चिनिन्छन् ।

काठमाडौंमा दुर्गा प्रसाईंलगायत राजावादीहरूको आन्दोलन चलिरहँदा पूर्वराजा शाहको झापा भ्रमणलाई महत्वका साथ हेरिएको छ । यद्यपि पूर्वराजा झापा जाने कार्यक्रम केही दिनअघि नै तय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस