Nirvik Khabar

मुस्लिम आयोगका अध्यक्ष अन्सारीलाई मतदाता किन्न पैसा बाँडेको आरोप

जनकपुरधाम – मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीलाई मतदाता किन्‍न पैसा बाँडेको आरोप लागेको छ । अन्सारीलाई बिहीबार बिहान करिब साढे ११ बजेतिर जनकपुरधामस्थित होटल सीताशरणको कोठा नम्बर ३०५ बाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

दुई–तीन दिनदेखि अध्यक्ष अन्सारी त्यही होटलमा बस्दै आएका थिए । अन्सारीले मतदाता किन्न पैसा बाँडिरहेको भन्दै एमाले समर्थकहरूले होटल सीताशरण घेराउ गरेका थिए । एमाले समर्थकले होटल घेराउ गरेपछि अप्रिय घटना हुन सक्ने सम्भावना हुँदा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको कडा सुरक्षा लगाइएको थियो ।

कडा सुरक्षाकै बीच एमाले समर्थकहरुले होहल्ला गर्न थालेपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले अध्यक्ष अन्सारीलाई सकुशल उद्धार गर्दै विमानस्थल पुर्याएको छ ।

अध्यक्ष अन्सारीलाई उद्धार गर्ने क्रममा एमाले समर्थकहरुले अन्सारी बसेको प्रहरीको गाडीमा आक्रमण गर्न थालेपछि प्रहरीले लाठी चार्जसमेत गरेको थियो । सो क्रममा एमालेका नगर अध्यक्ष सुरेन्द्र भण्डारीलाई नियन्त्रणमा लिएको छ ।यसैबीच जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले एमाले पक्षका केही व्यक्तिले अध्यक्ष अन्सारी मतदाता किन्न पैसा बाँडिरहेको छ भन्दै होटल घेराउ गरेको बताए।

अप्रिय घटना हुन सक्ने दृष्टिगत गर्दै अन्सारीलाई सुरक्षा दिएर सकुशल उद्धार गरी विमान स्थलसम्म पुर्याइएको छ । अध्यक्ष अन्सारी विशेष कामले जनकपुरधाम आएको र त्यस क्रममा एमाले निकट प्रदेश सभा सदस्यहरुसँग भेटघाट गरेको बुझिएको उनले बताए । उनी ती होटलमा खाने क्रममा एमालेको एक पक्षले पैसा बाँडिरहेको अफवाह फैलाएर होटल घेराउ गरेको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस