Nirvik Khabar

अक्सफोर्ड कलेजले पायो -“बेष्ट इन्जिनियरिङ कलेज अफ द इएर अवार्ड २०२३ ”

गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (अक्सफोर्ड ) कलेजले पुन : राष्टिय अवार्ड प्राप्त गरेको छ । जापानको राजधानी टोकियोमा आयोजित एक विशेष समारोहमा अक्सफोर्ड कलेजलाई “बेष्ट इन्जिनियरिङ कलेज अफ द इएर अवार्ड २०२३” बाट सम्मान गरिएको हो ।

कलेज रिर्डस नामक नेपालको अंग्रेजी मासिक पत्रिकाले अक्सफोर्ड कलेजलाई बेष्ट इन्जिनियरिङ कलेज अफ द इएरबाट सम्मान गरेको कलेजका प्राचार्य प्रोफेसर ई. हरि भण्डारीले जानकारी दिनुभयो ।कलेजको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, राष्ट्रिय तथा अन्तराष्ट्रिय छवि, रिजल्ट, विश्वविद्यालयको र्याकिगं, सिट क्षमता अनुसार विद्यार्थी भर्नाको अवस्था लगायतका दर्जन बढी सूचकहरुलाई आधार बनाएर अवार्ड प्रदान गरिएको हो ।

अर्वाड वितरण समारोहका प्रमुख अतिथि जापानका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदी र सांसद टिएल चौधरीले संयुक्त रुपमा कलेजका प्राचार्य भण्डारीलाई अवार्ड प्रदान गर्नुभएको हो । इन्जिनियरिङ पढाई हुने नेपालका ५३ वटा कलेजहरु मध्ये ५२ वटा कलेजहरु भन्दा अव्वल ठहरिदै अक्सफोर्डले सो अवार्ड प्राप्त गरेको हो ।

कलेजका प्राचार्य प्रोफेसर ई. हरि भण्डारीले “बेष्ट इन्जिनियरिङ कलेज अफ द इएर अवार्ड २०२३ ” ले अक्सफोर्ड परिवारलाई गुणस्तरीय शिक्षा लाई निरन्तरता दिनका लागि जिम्मेबारी बढेको बताउनुभयो । अवार्ड प्राप्तिको श्रेय इन्जिनियरिङ डिर्पाटमेन्टका प्राध्यापक र विद्यार्थीहरुलाई जाने भन्दै उहाँले सबै बधाईको पात्र भएको भन्दै खुसी ब्यक्त गर्नुभयो ।

अक्सफोर्ड कलेजले स्नातक तहमा बिसिए, बिबिए, सीभील इन्जिनियरिङ, बीइ इलेक्ट्रेकिल एण्ड इलेक्ट्रोनीक्स र ब्याचलर अफ कम्प्युटर इन्जिनियरिङ पढाई सञ्चालन गर्दै आएको छ । विसं २०५७ सालमा स्थापना भएको कलेजले सफल नेतृत्व, चुस्त व्यवस्थापन र गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । पोखरा विश्वविद्यालयले हालसम्म प्रदान गरेका १० वटा गोल्डमेडल मध्ये अक्सफोर्ड कलेजले मात्रै ८ वटा गोल्ड मेडल प्राप्त गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस