Nirvik Khabar

अस्ट्रेलियामा रिसाए गायक सुगम, दर्शकलाई हाने माइकको झटारो

काठमाडौँ : जाजरकोट भूकम्पमा मारिएकाको सम्झनामा मौन धारण नगरेको भन्दै अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले झटारो हाने। उनले जाजरकोटमा भूकम्पबाट मृत्यु भएकाको नाममा मौन धारण गर्न आग्रह गर्दा हो हल्ला गरेपछि माइकले हानेका हुन्। भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

भिडियोमा स्टेज उक्लिएका सुगमले दर्शकसँग केही बेर लर्बरिएको स्वरमा कुराकानी गर्छन्। उनको कुरालाई दर्शकले वास्ता गर्दैनन्। उता दर्शकबाट सुगमलाई ‘झिल्के’ बोलको गीत गाउन हुटिङ चलिरहन्छ।

उनले नेपालमा भूकम्प गएको र १ सय ३३ जनाको निधन भएको भन्दै मौन धारण गर्न फेरि आग्रह गर्छन्। तर उनको कुरालाई दर्शकले मान्दैनन् बरु हो हल्ला गरिरहन्छन्।
हल्ला नरोकिएपछि सुगमले ‘म माइकले हान्छु है’ भन्छन्। तर, पनि हल्ला नरोकिएपछि उनी आक्रोशित बन्छन् र स्टेजबाट तल ओर्लिन्छन्। स्टेज अगाडी रहेको केही दर्शकलाई ठेलमठेल गर्छन् र पछाडि रहेका दर्शकलाई माइकले प्रहार गर्छन्।

माइक प्रहार गर्नु अघि सुगमले नेपाली दर्शकलाई प्रश्न गर्छन्,‘के हाम्रो नेपाली समाज यति संवेदनाहीन भएको हो र ? देशलाई दुखिरहेको छ अहिले खासमा। भूँइचालोका कारणले गर्दा।’उनी रोकिँदैनन् दर्शकलाई सम्झाउन खोजिरहेका छन्। तर नसम्झिएपछि स्टेजबाट दर्शक भएको हुलमा ओर्लिएर झगडा गरेपछि सुरक्षामा खटिएकाहरूले बल्ल बल्ल स्टेज पछाडि लैजान्छन्।

उनले स्पष्टीकरण भिडियो सार्वजनिक गरेर भनेका छन् ‘देशलाई दुख्दा मलाई दुख्छ, म नेपाली कलाकार हुँ। हिजोको कार्यक्रममा मौन धारण गरौँ भन्दा खेरी । तपाई भिडियोमा देख्न सक्नुहुन्छ । यसैले, मेरो त्यस्तो व्यवहार त्यसैको कारणले भएको हो । कसैको नेपाली मनलाई चित्त दुखाएको भए क्षमा चाहन्छु । तर, सधैँ नेपाली गीतसङ्गीतको सेवा गर्नेछु।’ उनी साङ्गीतिक कार्यक्रमको सिलसिलामा केही दिनदेखि अस्ट्रेलियाका विभिन्न शहरमा कार्यक्रम गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस