Nirvik Khabar

धादिङको विकट बस्तीमा अखिल (क्रान्तिकारी)ले निर्माण गर्यो विद्यालय

Advertisements
Single Page Long - 2

धादिङ- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले धादिङको बेनिघाट-रोराङ गाउँपालिकाको वडा न. १ र २ को सिमाना स्थित अति विकट तामाङ बस्ती रहेको च्यात्रा गाउँमा आधारभूत विद्यालय निर्माण गरेको छ।शुक्रबार संगठनले एक कार्यक्रम आयोजना गरि विद्यालयको औपचारिक उद्घाटन गरेको हो। उक्त कार्यक्रममा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एक सन्देश पठाएर शुभकामना व्यक्त गरेका थिए ।

धादिङ जिल्लाको अति विकट यस बस्तीमा विद्यालय नहुँदा वालवालिकाहरू शिक्षाबाट वन्चित थिए । बस्तीबाट विद्यालय पनि तीन घण्टाको दुरीमा रहेको र भिरालो बाटो भएकोले वालवालिकाहरू पढ्ने अवसरबाट वन्चित थिए ।नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता प्रतिबन्धको समयमा अभियानको क्रममा त्यस क्षेत्रमा जाँदा विद्यालय नै नभएकोले विप्लवको निर्देशनमा नेकपा र अखिल क्रान्तिकारीको पहलमा विद्यालय निर्माण भएको हो।

त्यस गाउँमा करिब २५ घर धुरी रहेका छन्। गाउँमा करिब ५० को संख्यामा बालबालिका रहेको अखिल (क्रान्तिकारी) जनाएको छ। यसभन्दा पहिले बालबालिका विद्यालय जाने अवस्था नरहेको अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश शाहीले बताए ।

अखिल (क्रान्तिकारी)ले आफ्नै लगानी, श्रमदान र स्थानीयसँगको सहकार्यमा ४ कोठे विद्यालय​ भवनको निर्माण सम्पन्न गरेको हो। भवन उद्घाटन लगत्तै विद्यालयमा पढाई सुरु भयको छ। विद्यालयलाई आवश्यक फर्निचर ,खेलकुद सामग्री र शैक्षिक सामग्री समेत क्रान्तिकारीले उपलब्ध गराएको छ । अहिले विद्यालय​मा ३० जना विद्यार्थी भर्ना भएको विद्यालय​की शिक्षिका अस्मिता घलानले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस