Nirvik Khabar

पाकिस्तानको चालु घाटा १७ अर्ब ४० करोड अमेरिकी डलर पुग्यो

Advertisements
Single Page Long - 2

काठमाडौँ– पाकिस्तानको चालु घाटा १७ अर्ब ४० करोड अमेरिकी पुगेको सरकारी तथ्यांक सार्वजनिक भएको छ ।पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार गत आर्थिक वर्षमा पाकिस्तानको चालु घाटा १७ अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ ।

यो पाकिस्तानी अर्थतन्त्रको ४ दशमलब ६ प्रतिशत रहेको जनाइएको छ । विश्व बजारमा बढ्दो इन्धनको मूल्यका कारण चालु घाटा बढेको हो ।गत मे महिनामा पाकिस्तानले १ अर्ब ४० करोड अमेरिकी डलरको इन्धन आयात गरेकोमा जुन महिनामा यो बढेर २ अर्ब ९० करोड अमेरिकी डलर पुगेको डनले जनाएकोे छ ।

द्विपक्षीय एवम् बहुपक्षीय दाताबाट आउने विदेशी मुद्राको प्रवाह घटेको एवम् विदेशी लगानी पनि कम हुँदै गएका कारण विदेशी मुद्राको सञ्चिती कम हुँदै जान थालेकाले पछिल्लो केही महिनायता पाकिस्तानी मुद्रामाथि दबाब पैदा भएको विश्लेषण गरिएको छ ।

यसबाट मुलुकमा तीव्र मुद्रास्फीतिको अवस्था आएको छ भने पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफसँग पनि सहयोगको याचना गरिरहेको छ ।यद्यपि मुलुकमा जारी राजनीतिक अस्थीरताले पाकिस्तानी अर्थतन्त्र अझ समस्यामा पर्ने चिन्ताहरु उत्पन्न हुन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस