Skip to main content

Nirvik Khabar

बिपत्तिमा नेपाली एकजुट हुनुपर्छ : कलाकार माधब न्यौपाने

Advertisements
Single Page Long - 2

नेपाल विपत्ति र शोकमा डुबिरहेका बेला विदेशमा रहेका नेपालीहरूले पनि पीडित परिवारप्रति ऐक्यबद्धता जनाउनुपर्ने भन्दै संगीतप्रेमी माधव न्यौपानेले आग्रह गरेका छन्।

अष्ट्रेलियास्थित MM Entertainment and Events का संचालक न्यौपानेले तीजलगायतका उत्सव तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्नुअघि देशको वर्तमान अवस्था र पीडित परिवारको पीडालाई हृदयमा राखेर निर्णय गर्न कलाकार, गायक–गायिका, संगीतकर्मी तथा आयोजकहरूलाई आग्रह गरेका हुन्।

उनले केही समयका लागि उत्सव तथा मनोरञ्जनका कार्यक्रमहरू थाती राखेर शोकमा रहेका परिवारप्रति सम्मान, सहानुभूति र साथ प्रकट गर्नुपर्ने बताएका छन्।

“तीज र रमाइलो गर्ने समय फेरि आउँछ, तर आज देश र पीडित परिवारसँग उभिने समय फेरि फर्केर आउँदैन,” न्यौपानेले भनेका छन्।

विदेशमा रहे पनि नेपालीहरूको मुटु र पहिचान नेपालसँगै जोडिएको उल्लेख गर्दै उनले अहिले मनोरञ्जनभन्दा मानवता र उत्सवभन्दा संवेदना ठूलो रहेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस