Nirvik Khabar

नवलपुरको अमलटारीबाट उद्दार गरी ल्याएको गैँडाको बच्चाको मृत्यु

Advertisements
Single Page Long - 2

चितवन,असार ३२-

एक हप्ताअघि नवलपुरको अमलटारीबाट उद्दार गरी ल्याएको गैँडाको बच्चाको मृत्यु भएको छ। अन्दाजी २२ दिनको भाले बच्चाको बिहीबार मृत्यु भएको राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटेरिनेरी डाक्टर अमिर सडौलाले बताए। ‘बच्चा हामीले लिएर आउँदा अस्वस्थ थियो’, उनले भने, ‘ बच्चा कामिरहेको थियो, निमोनिया भएको अनुमान गरेका थियौँ।’ मृत्युपछि गरिएको पोष्टमार्टम रिपोर्टमा पनि निमोनियाका कारण ज्यान गएको देखिएको छ। बिरामी भएर हिँड्न नसकेका कारण आमाले छोडेको हुनसक्ने कोषको अनुमान छ।

‘ल्याउँदा नै कामिरहेको थियो। हामीले बाँच्ने आश मानेका थिएनौँ’, डा.सडौलाले भने। यस्ता साना बच्चा बचाउन एकदमै मुस्किल हुने कोषका कर्मचारीहरू बताउँछन्। चितनव राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर अमलटारीले एक हप्ताअघि गैँडाको बेवारिसे बच्चा जंगलबाट उद्धार गरेर ल्याएको हो। २२ गते बेवारिसे बच्चा देखेका अमलटारी सेक्टरका कर्मचारीले आमा आएर लिएर जाने आशमा दुई दिन निगरानीमा राखेका थिए। आमा नआएपछि निकुञ्जको अमलटारी सेक्टरले उद्दार गरेको बच्चा सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोषले २४ गतेदेखि उपचार तथा रेखदेख गर्दै आएको थियो।

यसअघि उद्दार गरेर ल्याइएका अञ्जली र पुष्पा हुर्किरहेका छन्। पुष्पा र अञ्जली कोषको आँगनमा खेलिरहेका भेटिन्छन्। पुष्पा २८ महिनाकी भइन भने अञ्जली १४ महिनाकी भइन्। गैँडाको कोषको आँगनमा गाडिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस