Skip to main content

Nirvik Khabar

पाल्पामा पहिरोले पुरिएका बाबु छोरीसहित तीन जनाको शव फेला

Advertisements
Single Page Long - 2

पाल्पामा पहिरोले पुरिएर बेपत्ता भएका तीन जनाको शव फेला परेको छ। माथागढी गाउँपालिका–३ कसेनी भैसीकट्टामा पहिरोले घर पुरिँदा बेपत्ता भएका ७५ वर्षीय लीलबहादुर घर्तीमगर, उनकी छोरी अन्दाजी वर्ष १७ कि दिना घर्तीमगर र छिमेकी मोलिलाल घर्तीकी छोरी अन्दाजी वर्ष १५ कि झरना घर्तीको शव फेला परेको हो।

जेसीवीको सहायताले फेला परेका तीनवटै शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।आइतबार बिहान गएको पहिरोले घर बगाउँदा उनीहरू बेपत्ता भएका थिए। यस्तै, माथागढी गाउँपालिका–२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६, ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको पनि पहिरोमा परेर मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस