Skip to main content

Nirvik Khabar

कावासोतीमा गाडी दुर्घटना हुँदा ६ जना घाइते, चालक पक्राउ

Advertisements
Single Page Long - 2

कावासोतीमा गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। नवलपरासी पूर्वको कावासोती नगरपालिका-१६ पत्थर खोलाको पुलनजिक माइक्रो बस अनियन्त्रित भई पल्टिँदा ६ जना घाइते भएका प्रहरीले जनाएको छ। नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.प ०१-००१ ज १००० नम्बरको माइक्रो बस अगाडिको बायाँतर्फको टायर पन्चर भएपछि अनियन्त्रित भई पल्टिएको हो। गाडीमा चालक र सहचालकसहित ७ जना सवार थिए।

दुर्घटनामा गाडी चालक जिल्ला नवलपरासीपूर्व कावासोती ८ बस्ने वर्ष २७ को होरामणी महतो, कावासोती ३ बस्ने वर्ष ७४ को सुरेश कुँवर, उनकी पत्नी ६२ वर्षीया लाल कुमारी कुँवर, सुर्खेतको विरेन्द्रनगर नगरपालिका २ बस्ने वर्ष ४५ को धनराज बुढा, सोही ठाउँका ३६ वर्षीय बल बहादुर बुढा, नवलपरासी पश्चिमको सरावल गाउँवपालिका ३ बस्ने वर्ष ५५ को बिधासागर लोना चमार घाइते भएका छन्।

घाइते सबैको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।  प्रहरीले गाडी चालक होरामणि महतोलाई कालीगण्डकी अस्पतालमा उपचार पश्चात नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस