नेपालको घरजग्गा तथा रियल इस्टेट क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी, उत्तरदायी तथा व्यावसायिक बनाउने उद्देश्यले भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र (ल्यान्ड म्यानेजमेन्ट ट्रेनिङ सेन्टर- एलएमटीसी) र नेपाल जग्गा तथा आवास विकास महासंघ (नेपाल ल्यान्ड एन्ड हाउजिङ डेभलपमेन्ट फेडेरेसन- एनएलएचडीएफ) बिच भूमि व्यवस्थापन, नापनक्सा तथा व्यावसायिक विकाससम्बन्धी तालिम एवं क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्न समझदारी-पत्र (एमओयू) मा हस्ताक्षर भएको छ।समझदारीपत्रमा घरजग्गा तथा रियल इस्टेट व्यवसायमा संलग्न जनशक्तिको ज्ञान, सिप, क्षमता र व्यावसायिक दक्षता बढाउन भूमि व्यवस्थापन, भौगोलिक सूचना, नापनक्सा, सुशासन तथा व्यावसायिक विकाससम्बन्धी विषय समेटिएको निर्धारित पाठ्यक्रमअनुसार तालिम सञ्चालन गरिने उल्लेख छ।
यस तालिमले रियल इस्टेटसम्बन्धी प्रचलित नीति, कानुन तथा मापदण्ड सम्बन्धमा व्यवसायीको क्षमता अभिवृद्धि गर्दै सेवा प्रवाहको गुणस्तर, व्यावसायिक नैतिकता, उत्तरदायित्व र सेवाग्राहीको विश्वास बढाउने लक्ष्य राखेको छ। तालिममा महासंघका सदस्य, घरजग्गा तथा रियल इस्टेट व्यवसायी तथा संस्थाका प्रतिनिधि, इजाजतपत्र प्राप्त रियल इस्टेट एजेन्ट तथा इजाजतपत्र लिन इच्छुक व्यक्ति सहभागी हुन सक्नेछन्।सहभागी हुन कम्तीमा प्रवीणता प्रमाणपत्र तह वा कक्षा १२ उत्तीर्ण वा सो सरहको योग्यता आवश्यक हुनेछ। भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रले तालिमको पाठ्यक्रम, मोड्युल, प्रशिक्षण सामग्री तथा प्रशिक्षक व्यवस्थापन गरी आवश्यकताअनुसार प्रत्यक्ष, अनलाइन वा मिश्रित माध्यमबाट तालिम सञ्चालन गर्नेछ। साथै तालिमको गुणस्तर सुनिश्चित गर्न परीक्षा सञ्चालन तथा मूल्यांकन गरिने र सफल प्रशिक्षार्थीलाई तालिम सम्पन्नताको प्रमाणपत्र प्रदान गरिनेछ।
महासंघले तालिमको सञ्चालन तथा व्यवस्थापनमा आवश्यक सहयोग गर्नुका साथै स्रोत तथा पूर्वाधार व्यवस्थापन, सूचना तथा प्रचारप्रसार, सहभागी छनोट तथा सिफारिस लगायतका कार्यमा सहजीकरण गर्नेछ। दुवै पक्षले तालिमको गुणस्तर र प्रभावकारिता सुनिश्चित गर्न संयुक्त रूपमा अनुगमन तथा मूल्यांकन गर्नेछन्।साथै तालिमका अतिरिक्त पाठ्यक्रम विकास, प्रशिक्षक व्यवस्थापन, अध्ययन तथा अनुसन्धान, कार्यशाला, गोष्ठी, सेमिनार तथा अन्य क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनमा समेत सहकार्य गरिनेछ। महासंघले यस समझदारीपत्रलाई नेपालको रियल इस्टेट क्षेत्रलाई दक्ष, जिम्मेवार, पारदर्शी र व्यावसायिक बनाउने दिशामा महत्त्वपूर्ण कदमका रूपमा लिएको छ।
यस सहकार्यबाट रियल इस्टेट क्षेत्रमा संलग्न जनशक्तिको क्षमता अभिवृद्धि भई सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्न तथा घरजग्गा व्यवसायमा व्यावसायिक मर्यादा, उत्तरदायित्व र सार्वजनिक विश्वास अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।नेपालको घरजग्गा तथा रियल इस्टेट क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी, उत्तरदायी तथा व्यावसायिक बनाउने उद्देश्यले भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र (ल्यान्ड म्यानेजमेन्ट ट्रेनिङ सेन्टर- एलएमटीसी) र नेपाल जग्गा तथा आवास विकास महासंघ (नेपाल ल्यान्ड एन्ड हाउजिङ डेभलपमेन्ट फेडेरेसन- एनएलएचडीएफ) बिच भूमि व्यवस्थापन, नापनक्सा तथा व्यावसायिक विकाससम्बन्धी तालिम एवं क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्न समझदारी-पत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा घरजग्गा तथा रियल इस्टेट व्यवसायमा संलग्न जनशक्तिको ज्ञान, सिप, क्षमता र व्यावसायिक दक्षता बढाउन भूमि व्यवस्थापन, भौगोलिक सूचना, नापनक्सा, सुशासन तथा व्यावसायिक विकाससम्बन्धी विषय समेटिएको निर्धारित पाठ्यक्रमअनुसार तालिम सञ्चालन गरिने उल्लेख छ।
यस तालिमले रियल इस्टेटसम्बन्धी प्रचलित नीति, कानुन तथा मापदण्ड सम्बन्धमा व्यवसायीको क्षमता अभिवृद्धि गर्दै सेवा प्रवाहको गुणस्तर, व्यावसायिक नैतिकता, उत्तरदायित्व र सेवाग्राहीको विश्वास बढाउने लक्ष्य राखेको छ। तालिममा महासंघका सदस्य, घरजग्गा तथा रियल इस्टेट व्यवसायी तथा संस्थाका प्रतिनिधि, इजाजतपत्र प्राप्त रियल इस्टेट एजेन्ट तथा इजाजतपत्र लिन इच्छुक व्यक्ति सहभागी हुन सक्नेछन्।सहभागी हुन कम्तीमा प्रवीणता प्रमाणपत्र तह वा कक्षा १२ उत्तीर्ण वा सो सरहको योग्यता आवश्यक हुनेछ। भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रले तालिमको पाठ्यक्रम, मोड्युल, प्रशिक्षण सामग्री तथा प्रशिक्षक व्यवस्थापन गरी आवश्यकताअनुसार प्रत्यक्ष, अनलाइन वा मिश्रित माध्यमबाट तालिम सञ्चालन गर्नेछ। साथै तालिमको गुणस्तर सुनिश्चित गर्न परीक्षा सञ्चालन तथा मूल्यांकन गरिने र सफल प्रशिक्षार्थीलाई तालिम सम्पन्नताको प्रमाणपत्र प्रदान गरिनेछ।
महासंघले तालिमको सञ्चालन तथा व्यवस्थापनमा आवश्यक सहयोग गर्नुका साथै स्रोत तथा पूर्वाधार व्यवस्थापन, सूचना तथा प्रचारप्रसार, सहभागी छनोट तथा सिफारिस लगायतका कार्यमा सहजीकरण गर्नेछ। दुवै पक्षले तालिमको गुणस्तर र प्रभावकारिता सुनिश्चित गर्न संयुक्त रूपमा अनुगमन तथा मूल्यांकन गर्नेछन्।साथै तालिमका अतिरिक्त पाठ्यक्रम विकास, प्रशिक्षक व्यवस्थापन, अध्ययन तथा अनुसन्धान, कार्यशाला, गोष्ठी, सेमिनार तथा अन्य क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनमा समेत सहकार्य गरिनेछ। महासंघले यस समझदारीपत्रलाई नेपालको रियल इस्टेट क्षेत्रलाई दक्ष, जिम्मेवार, पारदर्शी र व्यावसायिक बनाउने दिशामा महत्त्वपूर्ण कदमका रूपमा लिएको छ।यस सहकार्यबाट रियल इस्टेट क्षेत्रमा संलग्न जनशक्तिको क्षमता अभिवृद्धि भई सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्न तथा घरजग्गा व्यवसायमा व्यावसायिक मर्यादा, उत्तरदायित्व र सार्वजनिक विश्वास अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

Discussion about this post