Skip to main content

Nirvik Khabar

महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री

Advertisements
Single Page Long - 2

प्रधानमन्त्री वालेन्द्र शाहले आज महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग छलफल गर्ने भएका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग विशेष छलफल गर्ने भएका हुन् ।

बैठकमा महिला उद्यमशीलता प्रवर्द्धन, नीतिगत सुधार तथा उद्योग क्षेत्रमा महिलाहरूको सहभागिता वृद्धिका विषयमा संवाद हुने जनाइएको छ ।

​छलफलमा महिला उद्यमी महासङ्घका तर्फबाट  अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा र कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस