Nirvik Khabar

कोसी र मधेसका रास्वपा सांसदहरूसँग आज छुट्टाछुट्टै छलफल गर्दै रवि

Advertisements
Single Page Long - 2

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीबाट निर्वाचित कोसी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गर्दै छन्।पहिलो चरणमा कोसी प्रदेशका रास्वपा सांसदसँग छलफल गर्ने कार्यक्रम तय भएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए।

उनका अनुसार कोसी प्रदेशका रास्वपा सांसदसँग अहिले बिहान ११ बजे छलफल सुरु हुनेछ।कोसी प्रदेशका सांसदहरूसँगको छलफलपछि सभापति लामिछानेले दिउँसो साढे १ बजे मधेस प्रदेशका सांसदसँग छलफल गर्ने झाले बताए।

उनका अनुसार बाँकी प्रदेशका सांसदज्यूहरूसँग अर्को तालिकामा छलफल कार्यक्रममा आयोजना हुनेछ।सरकारबारे सांसदको बढ्दो असन्तुष्टि रोक्न सभापति लामिछानेले संवाद गर्न लागेको बुझिएको छ।प्रधानमन्त्री र मन्त्रीहरुले सांसदलाई बेवास्ता गरेको भन्दै रास्वपामा असन्तुष्टि बढ्दो छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस