Nirvik Khabar

प्रदेश सरकार मिलेर बनाऊँ भनी एमाले–कांग्रेसबाट आएका प्रस्ताव इन्कार गरेँ: प्रचण्ड

Advertisements
Single Page Long - 2

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलेर प्रदेश सरकार बनाउन भनी नेकपा एमाले र नेपाली कांग्रेसबाट आएका प्रस्ताव अस्वीकार गरिएको दाबी गरेका छन्। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै उनले एमाले र कांग्रेसबाट प्रदेश सरकारहरू मिलेर बनाऊँ भनेर प्रस्ताव आइरहेको दाबी गरेका हुन्। ‘प्रदेश सरकारहरू मिलेर बनाऊँ भनेर एमाले र कांग्रेसबाट विगतदेखि प्रस्ताव आएका थिए, अहिले पनि आउने गरेको छ’, प्रचण्डले भने, ‘तर, हाम्रो पार्टीले वा पार्टीको संयोजकको हैसियतले मैले त्यसलाई इन्कार गरेको छु। अहिले यो वा त्योसँग मिलेर सरकार बनाउने खेलमा हामी छैनौँ।’कांग्रेसलाई बाहिर पठाएर एमालेसँग सरकार बनाउने वा एमालेलाई बाहिर पठाएर कांग्रेसँग सरकार बनाउने नीति आजको परिस्थितिमा गलत भएको उनले बताए।

‘हामीले के भनेको छौँ भने यदि प्रदेश सरकारमा नयाँपन ल्याउने हो भने नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका साथै मधेसकेन्द्रित दलहरू मिलेर साझा सरकार बनाउने कुरा भएमा चाहिँ हाम्रो सहमति हुन्छ’, उनले भने, त्यसो गर्‍यो भने त्यस्ले देशमा लोकतन्त्र, गणतन्त्रको पक्षमा हिजोको शान्ति सम्झौता र संविधानसम्मका पक्षधर सबै एक ठाउँमा उभिँदा जनता पनि एउटा राहत प्रदान हुन्छ।’साथै उनले यसरी साझा सरकार बनाएपछि जनतालाई राहत दिन सकिने र तुलनात्मक रूपले राम्रो काम गर्न सकिने जिकिर गरे।

प्रचण्डले प्रदेशसभामा प्रतिनिधित्व गरिरहेका दलहरूको सर्वदलीय सरकार बनाउने भएमा नेकपा पनि सहमत हुने, नभए एमाले–कांग्रेसले चलाइरहेको सरकारलाई कुनै अवरोध नगर्ने बताए। यस क्रममा प्रचण्डले सुकुमवासीविरुद्ध डोजर आतंक मच्चाएको, ट्रेड युनियन खारेज गरेको, संविधान संशोधन भनेर समिति गठन गरेकोलगायत सरकारले गरेका कामकारबाहीप्रति विरोध जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस