आज शुक्रबारदेखि देशभरका सिनेमा हलमा एकैसाथ पाँचवटा फिल्म प्रदर्शन गरिएका छन्।नेपालीतर्फ ‘लालीबजार’, ‘मालती मंगले’, ‘गुरुआमा’ रिलिज गरिँदा विदेशीतर्फ बलिउडको ‘कृष्णावतरम पार्ट १’ र हलिउडको ‘मोर्टल कम्ब्याट पार्ट २’ बलिउडको हलमा लागेका छन्।लामो समयपछि एकै दिन यति धेरै फिल्म रिलिज गरिएका हुन्।एकैपटक धेरै फिल्म आएका कारण मल्टिप्लेक्सहरूमा शो बाँडफाँट भने केही पातलो देखिएको छ।
‘लालीबजार’ले १२० शो, ‘गुरुआमा’ले ७१ र ‘मालती मंगले’ ले १०३ शो पाएको छन्। यी तीनवटै नेपाली फिल्मले फरक-फरक स्वाद र कथावस्तु बोकेका छन्।यम थापा निर्देशित फिल्म ‘लालीबजार’ वादी समुदायका महिलाले गर्ने संघर्षको कथावस्तुमा आधारित छ। फिल्ममा स्वस्तिमा खड्कासहित रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, विशाल देवकोटा र प्रसंशा सुवेदीको अभिनय छ।
प्रेम कथा रहेको फिल्म ‘मालती मंगले’ मा वर्षा राउत र विजय बराल मुख्य भूमिकामा छन्। प्रकु पाण्डेयको कथा र निर्देशनमा बनेको फिल्मको पटकथा तथा संवाद संयोग गुरागाईंले लेखेका हुन्।गायक रामकृष्ण ढकालको डेब्यु लगानीमा बनेको फिल्मको कार्यकारी निर्माता सागर ज्ञवाली हुन्। ‘गुरु आमा’ शैक्षिक कथावस्तुमा बनेको फिल्म हो।यसमा मिथिला शर्मा, गौरी मल्लसहित पूजा शर्मा, बुद्धि तामाङ, सुशील पोखरेल, ध्रुव कोइराला, उत्तम केसीलगायतको अभिनय छ।


































Discussion about this post