Nirvik Khabar

बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान

Advertisements
Single Page Long - 2

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुद्ध जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आजकै शान्तिका अग्रदूत सिद्धार्थ गौतमको जन्म भई मानव इतिहासले करुणाको उज्यालो देखेको उल्लेख गरेका छन्

यही दिन सिद्धार्थ गौतमले बोधि प्राप्त गरी भगवान गौतम बुद्धका रूपमा मानव सभ्यतामा स्थापित भएको उनको भनाइ छ ।ओलीले करिब २५७० वर्षअघि यही दिन भगवान बुद्ध महापरिनिर्वाणमा विलीन भएको स्मरण गर्दै बुद्धको जीवनले सत्य, अहिंसा, करुणा र शान्तिको मार्ग देखाएको बताए।

उनले देशभित्र तथा विश्वभर शान्ति, सहिष्णुता र मैत्रीभाव कायम रहोस् भन्ने कामना व्यक्त गर्दै बुद्धको शाश्वत सन्देशलाई आत्मसात् गर्न सबैलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस