संसदन अधिवेशन स्थगित गरी सरकारले ६ वटा अध्यादेश राष्ट्रपति कार्यालय पठाएपछि राष्ट्रपति रामचन्द्र पौडेलले कानुन व्यवसायीसँग परामर्श गर्दैछन्। बिहीबार दिउँसो महान्यायाधिवक्ता नारायणदत्त कँडेलसँग छलफल गरेका उनले आजै अपराह्न कानुनविद्हरूसँग परामर्श गर्न लागेका हुन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरुले अध्यादेशको चर्को विरोधमा गरिरहेका छन्। राष्ट्रपतिले आज कानुनविद विपिन अधिकारी, शेरबहादुर केसी, भीमार्जुन आचार्य, शम्भु थापा, टीकाराम भट्टराईसँग छलफल गर्दैछन्। राष्ट्रपति कार्यालय स्रोतकाअनुसार अपरान्ह ४ बजे राष्ट्रपतिले कानुनव्यवसायीलाई बोलाएको हुन्।
ललित बस्नेत, पूर्णमान शाक्य र महादेव यादवसहित अरु कानुन व्यवसायीसँग पनि राष्ट्रपति परामर्श गर्दैछन्। अध्यादेश जारी गर्ने कि नगर्ने भन्ने निर्णय लिनुअघि राष्ट्रपति पौडेलले कानुनविद्हरूसँग परामर्श गर्न लागेका हुन्।सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन २०८२ चैत १९ गतेका लागि आह्वान गरेका थिए।फेरि सरकारले २०८३ वैशाख १० गते संसद राष्ट्रपतिलाई अधिवेशन स्थगित गर्न सिफारिश गरेको थियो। संसद स्थगन गरी सरकारले अध्यादेश जारी गरिरहेको हो।


































Discussion about this post