धनुषामा एक खाने तेलको उद्योगमा भीषण आगलागी भएको छ। जिल्लाको मिथिला नगरपालिका–७, ढल्केबरस्थित जनकपुर रिफाइनरी इण्डष्ट्रिजमा बिहीबार राति आगलागी भएको हो। आगो निभाउन जनकपुर, महेन्द्रनगर र ढल्केवरबाट गएका पाँचवटा वारुणयन्त्रलाइ करिब ३ घण्टा समय लागेको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीको प्रयसामा आगो नियन्त्रमा आएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताए।
उद्योगका प्रबन्धक सन्जय गुप्ताअनुसार आगलागीबाट करिब १५ करोड रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। ‘क्षतिको विस्तृत विवरण इन्जिनियरसहितको टोलीको अध्ययनपछि मात्र भन्न सकिन्छ, अहिलेको अवस्थामा करिब १५ करोड रूपैयाँ बराबरका मेसिन, सामान र अरू चिजहरूमा क्षति पुगेको देखिन्छ।’
आगलागीबाट उद्योगका स्टिम र थर्मोफुल गरी दुईवटा प्रसोधन मेसिनमा गम्भीर क्षति पुगेको छ। कच्चा पदार्थ र तयार गरिएका तेल सम्पूर्ण जलेर नष्ट भएको छ। आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक लक्ष्मण केसीले बताए।
































Discussion about this post