Nirvik Khabar

भीआईपी सवारीमा सडक ठप्प पार्ने परम्परा अन्त्य गर्न गृहमन्त्रीको निर्देशन

Advertisements
Single Page Long - 2

। गृहमन्त्री सुधन गुरुङले विशिष्ट व्यक्तिको सवारी (भीआईपी मुभमेन्ट) का नाममा सर्वसाधारणले भोग्दै आएको सास्ती तत्काल अन्त्य गर्न निर्देशन दिएका छन्। गृह मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङले मन्त्री वा अन्य विशिष्ट व्यक्तिहरूको आवागमनका बेला सडक ठप्प पारेर नागरिकलाई घण्टौँसम्म जाममा राख्ने कार्य अब स्वीकार्य नहुने स्पष्ट पारेका हुन् । भीआईपी सवारीका कारण एम्बुलेन्स अड्किने र सुत्केरी व्यथा लागेका महिलाहरूले सडकमै छटपटिनुपर्ने स्थितिले लोकतन्त्रको उपहास गर्ने भन्दै उनले यस सम्बन्धी कार्यविधि परिमार्जन गर्न गृह सचिवलाई आग्रह गरेका छन्।

सरकारी कार्यालयहरूमा हुने भ्रष्टाचारको मुख्य जड झन्झटिलो सेवा प्रवाह रहेको मन्त्री गुरुङको ठहर छ। नागरिकले एउटै कामका लागि १० वटा कोठा धाउनुपर्ने र कर्मचारीसँग बारम्बार ठोक्किनुपर्ने बाध्यताले नै भ्रष्टाचारलाई प्रश्रय दिएको उनले औँल्याए। यसलाई निर्मूल पार्न ‘वान डोर सर्भिस सिस्टम’ (एकद्वार सेवा प्रणाली) अनिवार्य रहेको उल्लेख गर्दै उनले सेवाग्राही र कर्मचारीबिचको प्रत्यक्ष भेटघाट कम हुने गरी प्रविधिको विकास गर्न निर्देशन दिएका छन्। एक ठाउँमा निवेदन दिएपछि सिधै सेवा पाउने वातावरण बनेमा मात्र नागरिकले वास्तविक सुशासनको अनुभूति गर्ने उनको भनाइ छ।

आफूहरू साधारण नागरिकको तहबाट आएकाले सोही अनुसारकै व्यवहार हुनुपर्नेमा जोड दिँदै मन्त्री गुरुङले अबदेखि कुनै पनि विशिष्ट व्यक्तिको सवारीका कारण अत्यावश्यक सेवाका साधन नरोकिने सुनिश्चित गर्नुपर्ने बताए। आगामी ५ वर्ष देशका लागि कडा मिहिनेत गर्नुपर्ने र त्यसको सुरुवात नागरिकलाई सम्मान गरेर हुनुपर्ने उनले उल्लेख गरे। साथै, देश परिवर्तनका लागि रगत बगाउने शहीद परिवार र घाइतेहरूलाई राज्यले दिने सेवामा कुनै ढिलासुस्ती हुन नहुने भन्दै उनले शिक्षा, स्वास्थ्य र अर्थ मन्त्रालयका प्रतिनिधि रहने गरी छुट्टै विभाग वा केन्द्र बनाउने प्रस्ताव समेत अघि सारेका छन्। सञ्चारमाध्यमहरूलाई देश विकासको साझेदार बन्न आग्रह गर्दै उनले समाचार सम्प्रेषणमा उच्च सतर्कता अपनाउन समेत सुझाव दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस